Total Pageviews

THE HIMALAYAN DISASTER: TRANSNATIONAL DISASTER MANAGEMENT MECHANISM A MUST

We talked with Palash Biswas, an editor for Indian Express in Kolkata today also. He urged that there must a transnational disaster management mechanism to avert such scale disaster in the Himalayas. http://youtu.be/7IzWUpRECJM

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

Twitter

Follow palashbiswaskl on Twitter

Wednesday, January 20, 2016

“पिपल अफ नेपाल छापिएपछि (बुवालाई) राजद्रोहको मुद्दा लगाउन लविङ भयो; नेपाल टुक्र्याउन खोजेको आरोप लाग्यो ।" - हिक्मत विष्ट

"पिपल अफ नेपाल छापिएपछि (बुवालाई) राजद्रोहको मुद्दा लगाउन लविङ भयो; नेपाल टुक्र्याउन खोजेको आरोप लाग्यो ।" - हिक्मत विष्ट

Posted by The Himalayan Voice:
[सूचना विभागको डाइरेक्टर नारायण बाँस्कोटा (डा.अशोक बाँस्कोटाका बुवा) ले किताब छाप्छु भनेका थिए । पिपल अफ नेपाल छापिएपछि राजद्रोहको मुद्दा लगाउन लविङ भयो । नेपाल टुक्र्याउन खोजेको आरोप लाग्यो । देशका विविध जातजाति र तिनका भाषा-संस्कृतिबारे लेखेर सबैलाई सचेत गराइदिएकोमा हिन्दुकरणका पक्षपातीहरू आक्रोशित थिए । एकातिर राजा महेन्द्रले डोरबहादुर विष्टलाई राजद्रोह लगाउनपर्छ भन्नेका कुरा सुन्दै गर्दा तत्कालीन युवराज वीरेन्द्रको विदेशीलाई दिने उपहार नै पिपल अफ नेपाल बनिसकेको थियो । विदेश भ्रमण जाँदा होस् वा नेपालमै विदेशी भेट्दा 'नेपाल बुझ्न यो पढ्नुपर्छ'भन्दै 'पिपल अफ नेपाल' दिन्थे । सरकारकै निकाय (सूचना विभाग) किताब छाप्ने, युवराज किताब उपहार दिने लेखकमाथि राजद्रोहको मुद्दा लगाउन लविङ–गज्जबको अवस्था बनेको थियो ।]

- प्रश्तुति  सुजित महत

बुवा हराएको २० वर्ष बित्यो । जुम्लाबाट ११ जनवरी १९९६ मा नेपालगन्ज विमानस्थल उत्रिनुभएका बुवाको त्यही दिन काठमाडौं आउने टिकट थियो । काठमाडौंमा जाडो छ,केही दिन धनगढी बस्छु भनेर बस चढेपछि उहाँ सम्पर्कमा हुनुहुन्न । जनवरी १७ उहाँको जन्मदिन हो । यो समय परिवारलाई भावुक बनाउने,बिझाउने बेला हुन्छ । पहिला उहाँ हुनुहुन्न भन्ने लाग्थेन । कहाँ हुनुहोला, के गरिरहनुभएको होला भन्ने मनमा आउँथ्यो । 

समय घर्किंदै गएपछि हुनुहुन्छ कि हुनुहुन्न होला भन्ने लाग्न लाग्यो । तैपनि उहाँ हुनुहुन्छ भन्ने आस कायम छ । हराएको बेला ६९ वर्षका बुवा एकदम स्वस्थ्य हुनुहुन्थ्यो । कुनै रोगव्याधीले आक्रमण गरेको थिएन । बुवाका साथी उपेन्द्रमान मल्ल सक्रिय नै हुनुहुन्छ । विश्ववन्धु थापा उहाँभन्दा जेठो हुनुहुन्छ । यो बेला बुवाको विचार,अहिलेको अवस्थामा विचारको सान्दर्भिकतबारे परिवारमै छलफल पनि गर्छौं ।

पुख्र्यौली थातथलो कालीकोट हो । पृथ्वीनारायण शाहले काठमाडौं चढाई गर्नुअघि नै पुर्खा काठमाडौं भित्रिसकेका थिए । हाम्रो थातथलो ललितपुरको झरुवारासी हो । कालीकोटबाट उपत्यका छिरेका विष्टहरू अहिलेको ललितपुरमा धेरै छन् । बागमती नजिक अहिलेको ललितपुरमा विष्टहरू काठमाडौंमाभन्दा बेसी छन् ।

बाल्यकालमा फर्केर बुवालाई सम्झिन्छु । उहाँ हामीलाई सोझै पढ—पढ भनेर दबाब दिनुहुन्नथ्यो । बरु पढनका लागि वातावरण मिलाइदिने खालको स्वभाव थियो । त्यो बेला बुबाले चेस, स्क्र्याबल ल्याइदिएको सम्झन्छु । पकेट डिक्सनरी, एटलास उपलब्ध गराइदिने गर्नुहुन्थ्यो । उहाँको यो तरिकाले हामी सबै अभिभावकले पढ भनेर कर गर्नै नपर्ने किसिमको भयौं । अनि कुनै कुरा सिक्न खोज्दा हौस्याउने बानी थियो उहाँको । पौडी खेल्न जानुपर्‍यो भन्दा सिक्नुपर्छ भनेर हौस्याउने, रूख चढ्न पनि हुँदैन नभन्ने । 

यसरी छुट दिँदा बच्चा निर्भीक, आत्मनिर्भर बन्ने रहेछन् । यसैले उहाँ समय-परिस्थितिभन्दा निकै अघि सोच्ने हुनुहुन्थ्यो । तैपनि बुवाको खासै टाइम हामीले पाएनौं । उहाँ यायावर स्वभावको, घुम्ने-खोजी गर्न हिँडिरहने । घरबाट निस्केपछि महिनौं नफर्किने । विदेश गएपछि वर्षौ । छोराछोरीको प्रेरणा बनिदिनुभयो, डोहोर्‍याउन टाइम उहाँसँग थिएन । बुवाकै कारण सानैदेखि घुम्ने बानी बनेको थियो ।

सामन्ती प्रभावको समाजमा उहाँ दरबारले पत्याएका मान्छे । तैपनि त्यति पहिले नै यस्तो विद्रोही चेत कहा"बाट आयो होला भनेर घोत्लिन्छु । विष्टहरू हृष्टपुष्ट थिए, सैनिक हुन्थे । राणाकालको अन्ततिर लिम्बुवानमा विद्रोह भएपछि बबरशमशेरले मेरो हजुरबा मेजरलाई सैनिक टुकडी लिएर दमनमा जान भनेछन् । उहाँले सोझै नेपाली दाजुभाइसँग लड्न जागिर खाएको हैन भनेर इन्कार गर्नुभएछ । बुवामा विद्रोही स्वभाव रगतमै थियो होला ।

बुवा बडा अव्यवस्थित हुनुहुन्थ्यो । अनुशासित रुटिन थिएन । घरमा छँदा बिहान चाँडै उठेर बगैंचाको स्याहार गर्नु उहाँको नियमित काम थियो । लेखपढमा केही रुटिन थिएन । दुईतीन दिन पढेको पढ्यै पनि गर्नुहुन्थ्यो, दुईतीन दिन किताबै नछोइ पनि बिताइदिनुहुन्थ्यो । मुडअनुसार काम गर्ने स्वभाव थियो । लवाइमा तडकभडक थिएन । जागिरमा दौरासुरुवाल लाउनै पर्ने । अरूबेला जे सजिलो हुन्छ त्यो लगाउने गर्नुहुन्थ्यो । आफैं गएर राम्रा लुगा किन्ने उहाँलाई फुर्सद थिएन । दौरा च्यातिएछ भने तुन्द्याओ न त भन्नुहुन्थ्यो । तर सफा टक्टकार हुनुपर्थ्यो।

उहाँ त्रिचन्द्र कलेजबाट बीए पास । लेखपढमा औधी रुचि । शेर्पाबारे अनुसन्धान गर्न नेपाल आएका ब्रिटिस प्रोफेसर हाइमन्डर्फको सहयोगी भई शेर्पाको अनुसन्धान गर्न सोलुखुम्बु गएपछि उहाँको बाटो बदलियो । हाइमन्डर्फको संगतमा उहाँमा जातजातिको अध्ययन गर्ने प्यास जाग्यो र अनुसन्धान विधि पनि सिकायो । तर, तिनै हाइमन्डर्फ उनका अध्ययनमा तगारो बनिदिए । सन् १९६०–१९६२ उहाँ युनिभर्सिटी अफ लन्डनमा अध्यापन गर्नुहुन्थ्यो । उहाँले मानवशास्त्रमा डिप्लोमा गर्नुभयो । थप अध्ययन गर्ने वातावरण बिथोलिदिन थाले ।

हाइमन्डर्फ नेपाल बुझेको विद्वानको रूपमा पश्चिमा देशमा कहलिइसकेका थिए । सँगै काम गर्दा बुवाको मेधावी पनि नबुझ्ने कुरै थिएन । नेपाल विज्ञको आफ्नो ताज खोसिएला कि भन्ने डर भयो । यसैले उनले पश्चिमा देशमा पढ्न नदिन हरसम्भव प्रयास गरे । मैले पनि बीए पास गरेपछि मानवशास्त्रमा पीएचडी गर्ने भएँ । 'सहयोग गर्ने हो ? ' भनेर एकचोटी हाइमन्डर्फलाई जिस्क्याएको थिए" । उनले रातोपिरो मुख लाएर मलाई झम्टिउलाझै गरेका थिए । बुुवालाई रोक्न खोज्ने उनले मलाई सघाउने सम्भावना थिएन, उनको सहयोग लिनु पनि थिएन–खाली केभन्दा रहेछन् भनेर जा"च्न खोजेको थिए" । मैंले फ्रान्समा पढ्ने प्रबन्ध मिलाएँ, मास्टर्स र पीएचडी पेरिसमै सकाएँ ।

पहिलो किताब 'पिपल अफ नेपाल' (सन १९६७) ले नै बुबालाई चर्चित बनायो । लन्डनबाट फर्केपछि यूएसएआइडी ज्वाइन गर्नुभएको थियो, अनुसन्धानदाताको पदमा । त्यही रहँदा पिपल अफ नेपाल लेख्नुभयो । त्यो किताब लेख्दा हामी कालीमाटी बस्थ्यौं,बुवाको अफिस रविभवनमा थियो । लेख्नका लागि उहा"लाई राति अबेरसम्म बस्न पाउने सुविधा थियो । बुवा राति अबेरसम्म बसेर लेख्नु हुन्थ्यो । भाइ (केशरबहादुर विष्ट) र म टिफिन क्यारिअरमा भात लिएर यूएसएडको अफिसमा जान्थ्यौं । किताब सिध्याएपछि उहाँले जागिर छाड्नुभयो ।

सूचना विभागको डाइरेक्टर नारायण बाँस्कोटा (डा.अशोक बाँस्कोटाका बुवा) ले किताब छाप्छु भनेका थिए । पिपल अफ नेपाल छापिएपछि राजद्रोहको मुद्दा लगाउन लविङ भयो । नेपाल टुक्र्याउन खोजेको आरोप लाग्यो । देशका विविध जातजाति र तिनका भाषा-संस्कृतिबारे लेखेर सबैलाई सचेत गराइदिएकोमा हिन्दुकरणका पक्षपातीहरू आक्रोशित थिए । एकातिर राजा महेन्द्रले डोरबहादुर विष्टलाई राजद्रोह लगाउनपर्छ भन्नेका कुरा सुन्दै गर्दा तत्कालीन युवराज वीरेन्द्रको विदेशीलाई दिने उपहार नै पिपल अफ नेपाल बनिसकेको थियो । विदेश भ्रमण जाँदा होस् वा नेपालमै विदेशी भेट्दा'नेपाल बुझ्न यो पढ्नुपर्छ' भन्दै 'पिपल अफ नेपाल' दिन्थे । सरकारकै निकाय (सूचना विभाग) किताब छाप्ने, युवराज किताब उपहार दिने लेखकमाथि राजद्रोहको मुद्दा लगाउन लविङ–गज्जबको अवस्था बनेको थियो ।

राजा महेन्द्रले कुरा सबैका सुने तर मुद्दा लगाउन मानेनन् । महेन्द्रले सरकारी निकाय छाप्ने, युवराज उपहार दिने अनि तिमीहरू मुद्दा लगाउनुपर्छ भन्ने फटाहाहरू भनेरे भन्ने सुनियो । जातजाति, भेषभूषा, संस्कृतिका बारे छर्लंग पारेर जनजाति भर्सेज बाहुन-क्षेत्रीको कलह रोपिदियो भन्ने अनुदार अहिले पनि नभेटिने हैनन् । तर आफ्नै देशका जातजातिको परिचय लेख्नुलाई गलत ठान्ने कस्तो प्रवृत्ति होला ।

सन् १९७२ देखि १९७५ बुबा ल्हासामा महावाणिज्य दूत हुनुहुन्थ्यो । फर्केपछि ल्हासाकै परिवेशमा 'सोताला' उपन्यास र 'रिपोर्ट फ्रम ल्हासा' लेख्नुभयो । उहाँ एउटै काममा लामो समय टिक्नुहुन्थेन । ल्हासाबाट फर्केपछि सरकारी सेवा निरन्तरता दिन चाहनु भएन । अघि १९५२ देखि १९५७ आदर्श कन्या निकेतन, ललितपुरको हेडमास्टर हुनुभएको थियो ।त्यसपछि शिक्षकहरूलाई तालिम दिने जागिर खाएर डँडेलधुरा र धरानमा बिताउनुभएको थियो । ल्हासाबाट फर्केपछि पञ्चायत जाँचबुझ केन्द्रमा केही समय काम गर्नुभयो ।

१९९१ मा प्रकाशित 'फेटलिजम एन्ड डेभलपमेन्ट' ले नेपाली समाजलाई हल्लाइदियो । हिन्दुधर्मबाट विकृत भएर बनेको बाहुनवादले मुलुकको विकास हुन दिएन भन्ने उहाँको तर्क थियो । ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रमा वर्गीकरण गरी हिन्दु धर्ममा कट्टर बनाउने काम मनुस्मृतिले सुरु गर्‍यो । तिमीले गर्ने काम जन्मिुनुअघि नै निर्धारित छन्, फुत्किन पाउँदैनौ भनियो । काम गर फलको आस नगर, जुन कामका लागि जन्मिएका हौं, त्यही गर भनियो । यो जुनीको फल अर्को जुनीमा पाउँछौ भनेपछि त मान्छेले काम नगर्ने भयो, अर्को जुनीको आश गरेर बस्नुपर्ने भयो । मान्छे परिणाममुखी बन्दैन । भाग्यमा विश्वास गर्ने भएपछि अन्ततः विकास भएन भन्ने उहाँको निष्कर्ष हो ।

धेरैजना रिसाए । ब्राह्मण साथीहरू 'म पनि बाहुन, खोइ म भाग्यवादी छैन' भन्थे । पढालिखा अधिकांश बाहुन भएकाले एउटा दृष्टिकोणले मात्र हेर्ने गरियो । यो बाहुनमाथिको हमला ठानियो । अहिले पढालिखा विद्वान अरू पनि छन् । बाहुन हुनुको फाइदा लिएर तरक्की गर्ने ब्राह्मणमात्र छैनन् । जुन प्रवृत्तिको कारण उहाँले समाज पछि पर्‍यो भन्नुभएको छ, त्यही प्रवृत्तिबाट फाइदा लिने, पक्षपोषण गर्नेले हमला गरेका हुन् । अहिले त्यो सोच त हाबी छैन । सैद्धान्तिक रूपमा प्रश्न गर्ने बाहुन, गैरबाहुन जोसुकै हुन सक्छ । उहाँको विचारलाई जुनबेला आवश्यक पर्छ उठाउने प्रवृत्ति छ । माओवादीले पनि कुनै बेला भाग्यवादको कुरा गरे । तर आफैं भैंसी पूजा गर्न थालेपछि त्यो मुद्दा उठाउने कुरा भएन । कसैको विरोध गर्नु थियो, मुद्दा उठाए । अब आफैं बाहुनवादमा डुबुल्की मार्न थाले ।

आफ्नो लागि केही पनि नगर्ने उहाँको बानी थियो । लुगाफाटो कहिल्यै आफू नकिन्ने । हामी सानै छँदा मुमाले ल्याइदिनुहुन्थ्यो, हामी ठूलो भएपछि बुवाको दौरा फाटिसकेछ ल्याइद्याओ भन्दिनु हुन्थ्यो । दौरा फाटेछ भन्दा तुन्द्याओ न त भन्नुहुन्थ्यो । जुत्ता फाटिसकेको हुन्थ्यो, चलेकै छ भन्नुहुन्थ्यो । यो त भएन भनेर ल्याइदिनपर्ने । एकचोटी बुवा जापानमा हुँदा म पनि पुगेँ । चिसो ठाउँ छ, बुवाले न्यानो लुगा लगाउनु भएको छैन । कोठामा खोजेँ, न्यानो लुगै छैन । अनि मैंले बजार लिएर गई लुगाहरू छानें, पैसा आफैं तिर्नुभयो ।

आफ्नो भएपछि अरूलाई दिइहाल्ने बानी थियो बुबाको । केही चीज पायो भने दिइहाल्ने । विदेशबाट केही सामान ल्यायो भने पनि कल्लाई दिउ कल्लाई दिउ हुन थाल्थ्यो । खल्तीमा पैसा भएपछि अब कल्लाई दिउ हुन्थ्यो । जसलाई आवश्यक छ भन्ने ठानेको हुन्छ दिइहाल्ने । बुढेसकालमा चाहिन्छ भनेर जोगाउने भन्ने थिएन । आफ्नो लागि नसोच्ने भएकाले यो पुगेन, त्यो पुगेन भन्ने गुनासो सुनिएन । राजा वीरेन्द्रले एकदम मन पराउँथे । वीरेन्द्रले डोरबहादुरले केही मागे हुन्थ्यो भने जसरी धेरैचोटी व्यवहार गरे । तर उहाँले कहिले माग्नु भएन । राजाको पनि इगो हात तल पारेर मागेपछि दिने हो । यही बानीको कारण बक्सिसमा केही पाउनु भएन, त्यो बेला बक्सिस पाउँदा गर्व हुने बेला थियो, अहिले हामीलाई नपाएकोमा गर्व छ ।

मानवको अध्ययन गरेँ, ती पछि पर्नुका कारण पनि खोतलेँ तर इतिहास थाहा पाउँदैमा के भयो त, तिनीहरू पिछडिनुको कारण लेखेर के भयो त अब तिनलाई विकास गरेर देखाइदिन्छु भनेर कर्णाली कर्णाली इन्स्टिच्युट खोल्नु भयो । विकासको एउटा मोडल देखाइदिन्छु भनेर सुरु गर्नुभएको थियो । खस जातिको थप अनुसन्धानका साथै विकास गर्ने उहाँको योजना हो, कर्णाली इन्स्टिच्युट । १९९१ मा सुरु गरिएको इन्स्टिच्युटले स्थानीय शिक्षकहरूलाई तालिम दिने, विदेशी स्वयम्सेवक बोलाएर तालिम दिलाउने,शैक्षिक सामग्री उपलब्ध गराउने आदि काम गर्थ्यो । कीर्तिपुरका सिकर्मी, डकर्मी लगेर कर्णालीमा तालिम दिइएको थियो । केटाकेटीलाई खेलकुदमा उत्प्रेरित गथ्र्यो । कर्णालीमा दुर्गन्ध आए, बस्ती आएछ भन्छन् । 

सरसफाइमा सचेत गराउने प्रयास गर्‍यो । आधारभूत स्वास्थ्यमा सचेत गराउने काम गर्‍यो । जेहेनदार विद्यार्थी काठमाडौं ल्याएर प्रयोजक खोजेर पढाउने काम पनि गर्‍यो । ठूलो दाताको सहयोगमा सुरु गरिएको थिएन त्यो । अर्थवाच भन्ने स्वयम्सेवी सञ्जालले सघाएको थियो । जर्मन राजदूतले आफ्नो फन्डबाट माइक्रोहाइड्रो आदिमा लगानी गरिदिएका थिए । बुवाले कन्सल्टेन्सी, लेक्चरबाट पाएको पैसा पनि यसैमा हाल्नुहुन्थ्यो । गाउँलेसँगै बस्ने, खाने, तिनलाई सचेत गराउने शैलीमा कार्यक्रम चलेको थियो । आठ वर्षको जागिरमा इसिमोडमा विरक्तिएपछि म पनि केही वर्ष बुवालाई सघाउन जुम्ला बसेँ । तर, डानिडाको स्थानीय स्वायत्त शासन कार्यक्रममा जागिर पाएपछि फर्किएँ । इन्स्टिच्युट सुरु भएको पाँच वर्षमै हराउनु भएकाले मोडल देखाइदिने उहाँको सपना पूरा भएन ।


बुवाले बीए पास गर्नुभएको । मैले मानवशास्त्रमै पीएचडी गरेँ । तर बुवाको पदचिन्हमा हिँड्न सकिनँ । मलाई कतिले ज्ञानी हुन बुवाजस्तै घरपरिवारको वास्ता नगरी यायावर भएर हिँड्नपर्ने रहेछ पनि भन्छन् । तर त्यस्तो हैन । ज्ञानी हुन यायावर नै हुनुपर्दैन । मेरो बुवा यायावर हुनुभयो । तर घरपरिवार सबै सम्हालेर पनि ज्ञानी भएका नेपालमै पनि छन् । मुख्य कुरा संकल्प हो । निस्वार्थ संकल्प भएपछि पूरा गर्ने बाटो विविध हुन्छन् । कसले घर गृहस्थी छाडेर गर्छन्, कसैले पारिवारिक दायित्व पूरापूर गरेर पनि लक्ष्य प्राप्त गर्छन् । मैले बुवाजस्तो दुःख गरिनँ ।


--
Pl see my blogs;


Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!

No comments:

Related Posts Plugin for WordPress, Blogger...

PalahBiswas On Unique Identity No1.mpg

Tweeter

Blog Archive

Welcome Friends

Election 2008

MoneyControl Watch List

Google Finance Market Summary

Einstein Quote of the Day

Phone Arena

Computor

News Reel

Cricket

CNN

Google News

Al Jazeera

BBC

France 24

Market News

NASA

National Geographic

Wild Life

NBC

Sky TV