Total Pageviews

THE HIMALAYAN DISASTER: TRANSNATIONAL DISASTER MANAGEMENT MECHANISM A MUST

We talked with Palash Biswas, an editor for Indian Express in Kolkata today also. He urged that there must a transnational disaster management mechanism to avert such scale disaster in the Himalayas. http://youtu.be/7IzWUpRECJM

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

Twitter

Follow palashbiswaskl on Twitter

Friday, December 4, 2015

Official Nepalese stance on Climate Change!

Palash Biswas

I may not understand Indian diplomacy reduced to bilateral or multilateral trade in accordance to the directives of Global financial institution and corporate lobbying!Sorry.As I belong to the Himalayan region ,it remains the question of my existence and survival as well as the question most relevant to the geopolitics!


Climate Change is the question of existence and survival not limited to diplomacy,trade and politics.Hence official Nepalese stance on climate change is very relevant for me and I never know the official Indian point of view for general audience it would be rather interesting ,thus,I share it.


जलवायु सम्मेलनमा मन्त्रीको भाषण

फ्रान्सको राजधानी पेरिसमा जलवायुसम्बन्धी विश्व सम्मेलन शुरु भएछ । वातावरणका 'थ्री इडियट्स' अर्थात् संसारमै सबैभन्दा बढी प्रदूषण गर्ने तीन देश अमेरिका, चीन र भारतलगायत विश्वभरिका राष्ट्र प्रमुख या सरकार प्रमुख तथा सरकारी, गैरसरकारी संस्थाका प्रतिनिधिहरु हरेक देशले विश्व वातावरणका विषयमा गरिरहेका प्रस्तुति बढो चाख लिएर हेरिरहेका छन् । त्यसैबीच नेपालको पालो आएछ । एक दर्जन नेपाली प्रतिनिधि हातहातमा दाउरासहितको चुल्हो बोकेर सम्मेलनमै आएका रहेछन् । नेपाली मन्त्रीले विश्वका सबैभन्दा बढी प्रदूषण गर्ने नेताहरुलाई एउटा हातमा दाउरा उचाल्दै ठूल्ठूलो स्वरमा यस्तो गज्जबको भाषण पो दिन थाले ।

"विश्व समुदायका प्रतिनिधिमण्डल तथा
संसारलाई धेरै प्रदूषण थोपर्ने मित्रहरु
थर्डपोलबाट आएको नेपालीको
क्रान्तिकारी चीसो अभिवादन !

हाम्रो देश अहिले वातावरणीय कारणले विपत्तिमा परिरहेको कुरा त थाहा पाएकै हुनुहोला । थाहा छैन भने लौ सुन्नुस् नेपालको रामकहानी ।

हाम्रो छिमेकी ठूल्दाइले तेल र ग्यास आउने बाटै छेकिदिएकाले हाम्रा सबै दाजुभाइ विपत्तिमा परेका छन् । अब खाना, नाना र औषधिसमेत नपाएर मानवीय सङ्कट पर्न गइरहेको जानकारी गराउन पाउँदा खुशी लाग्ने कुरै भएन । यो विपत्तिका कारण नेपालको वन जङ्गल सखाप भइरहेका छन् । विगतमा 'हरियो वन नेपालको धन' भनिने वन पञ्चहरुले उहिल्यै खाएर सिध्याएकै थिए । अब बाँकी वनचाहिँ जनता जनार्दन र सरकार स्वयम् मिलेर सिध्याउनु पर्ने बाध्यता आइलागेको छ । यसले निकट भविष्यमै (सुदूरमा होइन) हाम्रो हिमाली देशबाट ठूला बाढीपहिरो जाने पक्कापक्की भएको छ । वैज्ञानिकहरु त्यसै भन्छन् क्यारे । त्यसको शुरुआत यसै पनि गत केही वर्ष यतादेखि भएकै थियो, जुन अब झन् तीव्र गतिमा बढ्ने नै छ । यसले गर्दा वन, जङ्गलमात्र सखाप हुने नभई खासगरी तराईका बस्ती हुँदै छिमेकी विहार, पश्चिम बङ्गाल र बङ्गलादेशका दाजुभाइलाई पनि बगाउने अब निश्चित जस्तै भएको छ ।

हामी हाम्रा जनतालाई पछिका पुस्ताका लागि जङ्गल संरक्षण गर, तर अहिले चाहिँ भोकै मर भन्न सक्तैनौं ।

त्यसैले हामीलाई आश र त्रास नदेऊ । क्यास पनि नदेऊ । सक्छौ भने कि त तेल र ग्यास देऊ नत्र दाउराको विकल्प देऊ । हामी पैसै तिरेर किन्छौं । सित्तैमा चाहिया पनि छैन । होइन भने 'विश्व वातावरण सम्मेलन'को बकवास बन्द गर ।"

नेपाली मन्त्रीले यतिमात्र के बोल्न भ्या थे उपस्थित संसारका सबै ठूला टाउके नेताहरु खुब चित्त बुझेसरी सिटबाट उठेर ताली बजाउन थाले । सीएनएन, बीबीसीलगायत संसारका सबै टीभीहरुले यसको प्रत्यक्ष प्रसारण गरिरहेका थिए ।

तर म त सपना पो देखिरहेको रहेछु । हतारमा टीभी खोलें । त्यहाँ बल्ल जलवायु विश्व सम्मेलन शुरु भएको देखाइरहेको थियो । नेपाली मन्त्रीले बोल्ने पालो आयो । कुन्नि कसले लेखिदिएको तीन पानाको भाषण मन्त्रीले कनीकुथी टुटेफुटेको अङ्ग्रेजी लवजमा स्कूल विद्यार्थीलाई पढाएजस्तो गरेर वातावरण संरक्षणको महत्वका बारेमा सुस्तरी बोलिरहेका थिए । मचाहिँ लाटाले पापा हेरेजस्तो गरी ट्वाल्ल परेर एकटकले टीभी हेरिरहेँ – कसैले नेपालको वातावरण बिग्रनु, वन जङ्गल सखाप हुनु भनेको नेपालको मात्र नभई विश्वकै चिन्ताको कुरा हो भन्छ कि भन्ने आशा गर्दै । तर, एक छिनपछि झ्याप्प बत्ती गयो । म फेरि अन्धकारमा छामछाम छुमछुम गर्न थालेँ ।

Madan Lamsal's photo.

-- २०७२-०८-१८ मा Aarthik Abhiyan  प्रकाशित      10४३ पटक पढिएको     


Madan Lamsal
Editor-in-Chief
New Business Age (P) Ltd.
Panchayan Marg, Thapathali
Mobile: 9851041652
Tel: 01- 4267717, 4269690, 2030082
Fax: 01-4268726
 www.newbusinessage.com
 www.abhiyan.com.np

 

हिमालय भी अबहुं परमाणु बम!

https://youtu.be/g0yGncGq0dw



ऐन मौके पर एकदम सबसे जरुरी संकटकाले अमेरिका ठप्पा भौत काम की चीज ह।एकदम जरुरी भौत काम की चीज!वरना नंगा!


गधवा भी दुलत्ती झाड़ै ह।हम ना देखल वानी।

सावधान! गंगास्नान खातिर गंगा जल ना मिलेला।

#देश#हिमालय# गंगा# Chennai# Kerala#Andhra#Climate Change#Mandal Kamnadal# Tolerance Intolerance #Nepal#Madhes#Samkalleen Teesri Dunia#Chipko Movement# Sundar Lal Bahuguna#Kailas Mansarovar#Gomukh#Calamities


--
Pl see my blogs;


Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!

No comments:

Related Posts Plugin for WordPress, Blogger...

PalahBiswas On Unique Identity No1.mpg

Tweeter

Blog Archive

Welcome Friends

Election 2008

MoneyControl Watch List

Google Finance Market Summary

Einstein Quote of the Day

Phone Arena

Computor

News Reel

Cricket

CNN

Google News

Al Jazeera

BBC

France 24

Market News

NASA

National Geographic

Wild Life

NBC

Sky TV