Total Pageviews

THE HIMALAYAN DISASTER: TRANSNATIONAL DISASTER MANAGEMENT MECHANISM A MUST

We talked with Palash Biswas, an editor for Indian Express in Kolkata today also. He urged that there must a transnational disaster management mechanism to avert such scale disaster in the Himalayas. http://youtu.be/7IzWUpRECJM

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

Twitter

Follow palashbiswaskl on Twitter

Wednesday, June 26, 2013

हाम्रो अठोट :सभ्य, स्वाभिमान र सम्बृद्ध राष्ट्र

हाम्रो अठोट :सभ्य, स्वाभिमान र सम्बृद्ध राष्ट्र

Published on: Tuesday, June 25, 2013 // 


   - बिष्णु वहादुर क्षेत्री -
अध्यक्ष, जनयुनिटी कोअपरेटिभ पार्टी, नेपाल 
प्राचिन सभ्यतादेखि आधुनिक युगसम्म आईपुग्दा अनि सोह्रौ शताव्दी देखिको मानव विकासको इतिहासमा विश्वका सबै राष्ट्रको सोच प्रविधि संगसंगै जाने थियो ।  नेपालको इतिहासलाई पल्टाएर हेर्दा पनि प्रजातन्त्रको प्रादुर्भाव हुनुभन्दा अगाडीका थुप्रै तानाशाही शासकहरुले पनि सभ्यता विकासको शिलशिलालाई  अभियानको रुपमा अगाडी बढाएका थिए । एकतन्त्रीय शासन प्रणाली भएता पनि उनीहरुले राजनैतिक अस्तित्व कायम गरेका थिए । तर अहिलेको प्रजातान्त्रिक स्वतन्त्रताको समयसम्म आइपुग्दा नेपाली राजनीतिको अभ्यास अझै विपरित दिशा तर्फ गइरहेको छ । 
जनताले खाने बस्ने व्यापार व्यवसाय गर्ने लगायतका व्यक्तिगत अधिकार त प्रयोग गरे । तर अति चरम सिमा नाघेर त्यसको प्रयोग गरे । यसको मुल कारण राजनैतिक दलहरुको सत्ता मोह र व्यक्तिगत स्वार्थ  हो । २०४६ साल पछाडी नेपालमा भएका विकास निर्माण पछिल्लो आन्दोलनको सफलता सँगसँगै अपेक्षाकृत हुन सकेन । शिक्षा स्वास्थ्य र सुरक्षा जस्ता सम्वेदनशिल आवश्यकतामा राजनैतिक दलहरु चिन्तित भएनन् । जसले गर्दा जनताले ल्याएको प्रजातन्त्रमाथि कालो बादल लाग्न थाल्यो । पटक पटक गरी भएका जनताका सफल आन्दोलनहरुबाट गठन भएका असफल सरकारहरुले राज्यलाई अरु गरिब बनाए । उनीहरुले सेना, प्रहरी र कर्मचारीतन्त्रलाई त राजनैतिक हस्तक्षेप गरे त्यस माथि पनि राज्यको सर्वोच्च कानूनी निकाय सर्वोच्च अदालतको मर्यादालाई पनि भंग गदै असफल राजनैतिक पोखरीमा डुवाए । फलस्वरुप आज इतिहासमै नेपालका दलहरु असक्षम सावित भएका छन् । 
प्रजातन्त्र पछिका ६३ बर्षहरु र गणतन्त्र पछाडीका पाँच बर्षपछि पनि देशले विकास र परिवर्तनको गति पाउन सकेन । जसका कारण नेपालको राजनैतिक सभ्यता पुरानो अवस्थाबाट प्रजातन्त्रसम्म पुग्न सकेको छैन । यतिबेला  समृद्ध नेपालको निर्माणमा सवै नेपालीहरु एकजुट हुने प्रतिबद्धताको माग नेपाली माटोको गरेको छ । यसलाई मूर्तता दिनको लागी प्रत्येक नेपालहिरुको विचमा छलफल गर्दै जनताकै विचबाट नेपालमा तेश्रो राजनैतिक शक्तिको जन्म हुनु पर्ने माग भइरहेको अवस्थामा स्वतस्पूmर्त रुपमा जनसमुदायको माग अनुसार हामीले जन युनिटी को अपरेटिभ पार्टी गठन गरेका छौँ । 
  "आर्थिक रुपान्तरणको लागी प्रतिधि, योजना, सिप र ज्ञान – सम्बृद्ध नेपाल बनाउने हाम्रो अभियान" लाई मुख्य नारा बनाई राजनितिको मैदानमा जनता उत्साहका साथ उठिरहेको अवस्था छ ।  जहां विकासका नयां नयां अवधारणाहरु  आउंछन् र जनताको विचबाट संरचना निर्माण हुन्छ त्यहाँ राजनैतिक आचरण र सभ्यताको विकास हुन्छ । राज्य सञ्चालन भनेको मुलुकलाई प्रविधियुक्त बनाउंदै जनताका समस्याहरुमा ध्यान दिँंदै आर्थिक उपलव्धीमा केन्द्रित हुने लक्ष्य हो । यसका अतिरिक्त एक जिम्मेवार र स्वाभिमानी नागरिक तयार गर्नु पनि आजको आवश्यकता हो । त्यसअघि देशलाई राजनैतिक रुपबाट निकाश दिई शासकीय प्रणाली स्वचालित बनाउनु जरुरी छ । यसलाई एक्काईसौं शताव्दीको प्रजातान्त्रीक राजनैतिक सभ्यता भनेर व्याख्या गर्न सकिन्छ । द
देशको अहिले सम्मको शासकीय गतिविधि र प्रतिस्पर्धी  सत्ता मोहको टुर्नामेन्टको अन्त्य गरी नेपाली जनताको नेतृत्वमा देश चलाउन जन युनिटी को–अपरेटिभ पार्टिले आर्थिक क्रान्तिको शुरुवात  गर्ने र गरि मुलुकमा विधिको शासन प्रदान गर्ने घोषणा गरेको छ । विकसित मुलुकको समानान्तरमा मुलुकलाई पु¥याउने प्रतिबद्धता अहिलेको समयमा यो पार्टिले मात्र लिन सक्दछ भन्ने हाम्रो ठम्याई छ । आशा छ, तपाईँहरु सबैले हामीलाई साथ दिनुहुनेछ । 
जय देश , जय युनिटी ।।।

bbcuae_200@yahoo.com

No comments:

Related Posts Plugin for WordPress, Blogger...

PalahBiswas On Unique Identity No1.mpg

Tweeter

Blog Archive

Welcome Friends

Election 2008

MoneyControl Watch List

Google Finance Market Summary

Einstein Quote of the Day

Phone Arena

Computor

News Reel

Cricket

CNN

Google News

Al Jazeera

BBC

France 24

Market News

NASA

National Geographic

Wild Life

NBC

Sky TV