Total Pageviews

THE HIMALAYAN DISASTER: TRANSNATIONAL DISASTER MANAGEMENT MECHANISM A MUST

We talked with Palash Biswas, an editor for Indian Express in Kolkata today also. He urged that there must a transnational disaster management mechanism to avert such scale disaster in the Himalayas. http://youtu.be/7IzWUpRECJM

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

Twitter

Follow palashbiswaskl on Twitter

Wednesday, June 26, 2013

हेल्प नेपाली मिसनको साधारणसभा सम्पन्न, नेतृत्वमा कबि कार्की

हेल्प नेपाली मिसनको साधारणसभा सम्पन्न, नेतृत्वमा कबि कार्की

Published on: Monday, June 24, 2013 // 

नयाँ दिल्ली, असार १० । हेल्प नेपाली मिसन ( भारत ) को प्रथम केन्द्रिय साधारण सभा विभिन्न कार्यक्रमका साथ २३ जुनमा दिल्ली स्थित संस्थाको केन्द्रिय सम्पर्क कार्यालय पहाडगंज सभाहलमा संपन्न भयो । साधारण सभाको उदघाट्न समारोहमा दिप प्रज्वलित गदै मिसनका अध्यक्ष श्री कवि कार्कीले हेल्प नेपाली मिसनको स्थापनाको औचित्य स्पष्ट पादै सवै नेपाली तथा नेपाली भाषीहरुलाई यस संस्थामा आई हातेमालो गर्न आग्रह गर्नुभयो । साधारणसभाले कार्कीकै अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । 

समाजसेवी एवंं मिसनका सदस्य चन्द्रपाल थापाले स्वागत मन्तव्य व्यक्त गदै कुनै पनि संस्था संचालन गर्न राजनैतिक विचार भन्दा माथि उठेर गर्नु पर्ने बताउंदै नेपाल र नेपाली भाषीहरुको हक, अधिकारको लागी मिसनमा आवद्ध भई समाजसेवामा लाग्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको संचालन सदस्य विमल गैरेले गर्नु भएको थियो ।

बन्द शेसनमा अध्यक्ष कवि कार्कीले प्रस्तुत गर्नु भएको सांगठनिक तथा प्रगति प्रतिवेदन भावी रणनिती र कोषाध्यक्ष रोशन कुमार साहले प्रस्तुत गर्नु भएको  आय व्यय विवरण लाई भेलाले सर्वसम्मत पारित ग–यो । सो अवसरमा अधिवेशन प्रतिनिधीको तर्फबाट मिरा ढुंगाना, अमर सुनार, महेन्द्र खत्री क्षेत्री, महेन्द्र शुव्वा, शंकर के.सी., पदम वहादुर सोमाईमगर, भिम नेम्वाङ्ग, सुजन थापामगर, लक्ष्मी गैरे, लाल वहादुर थापा लगायतले आआफ्नो विचार प्रस्तुत गर्नु भएको थियो । बन्द शेसनको क्रममा भारतीय कानून अनुसार सोसाईटी ऐन एड् १८६० अनुसार नबाझिने गरि संस्थाको आगामी कार्यक्रमको लागी सांगठनिक ढांचा र विद्यान संशोधन सहित कार्यक्रम तथा विवरण कार्यतालिका संचालन गर्न पेश गरिएको प्रतिवेदन सर्वसम्मतबाट पारित गरिएको थियो  ।

     संपन्न कार्यक्रमले आगामी दुई बर्षको लागी पूनः कवि कार्कीको अध्यक्षमा १३ सदस्यीय भारत स्तरिय केन्द्रिय समिति निर्वाचित गरेको छ । निर्वाचित संस्थाको उपाध्यक्षमा चन्द्रपाल थापा, महासचिवमा  विमल गैरे, सचिवमा महेन्द्र खत्री क्षेत्री, कोषाध्यक्ष, रोशन कुमार साह,  सहकोषाध्यक्षमा मिरा ढुंगाना, तथा सदस्यहरुमा क्रमशः अमर सुनार, महेन्द्र शुब्वा, पदम बहादुर सोमाईमगर, भिम कुमार नेम्वाङ्ग रहनु भएको छ भने संस्थाको सल्लाहकारहरुमा लोककृष्ण भटृराई, कमल चौलागाई, एकनाथ ढकाल, सूर्य विक्रम शाही रहनु भएको छ ।
     यसैगरि संस्थाको पहिलो वैठकले अध्यक्ष कवि कार्कीको संयोजकत्वमा सात सदस्यीय केन्द्रिय सचिवालय गठन गरेको छ भने संस्थाको विभिन्न  विभागहरुको समेत गठन गरिएको छ । जसमा विदेश विभाग संयोजकमा कवि कार्की, संगठन विभाग संयोजकमा चन्द्रपाल थापा, आर्थिक विभाग संयोजकमा मिरा ढुंगाना,  युवा तथा खेलकूद विभाग संयोजकमा पदम वहादुर सोमाईमगर,  प्रचार प्रसार विभाग संयोजकमा महेन्द्र खत्री क्षेत्री, विद्यार्थी विभाग संयोजकमा विमल गैरे, अनुशासन विभाग संयोजकमा अमर सुनार, व्यवसायी विभाग संयोजकमा महेन्द्र शुब्बा, सांस्कृतिक विभाग संयोजकमा महेन्द्र खत्री क्षेत्री महिला विभाग संयोजकमा मिरा ढुंगाना, र सहकारी विभाग संयोजकमा चन्द्रपाल थापा रहनु भएको छ । 
नवनिर्वाचित अध्यक्ष कवि कार्की र उहाँको समग्र टीमलाई नेपाल डोर डटकमका तर्फबाट हार्दिक बधाई ।

No comments:

Related Posts Plugin for WordPress, Blogger...

PalahBiswas On Unique Identity No1.mpg

Tweeter

Blog Archive

Welcome Friends

Election 2008

MoneyControl Watch List

Google Finance Market Summary

Einstein Quote of the Day

Phone Arena

Computor

News Reel

Cricket

CNN

Google News

Al Jazeera

BBC

France 24

Market News

NASA

National Geographic

Wild Life

NBC

Sky TV