Total Pageviews

THE HIMALAYAN DISASTER: TRANSNATIONAL DISASTER MANAGEMENT MECHANISM A MUST

We talked with Palash Biswas, an editor for Indian Express in Kolkata today also. He urged that there must a transnational disaster management mechanism to avert such scale disaster in the Himalayas. http://youtu.be/7IzWUpRECJM

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

Twitter

Follow palashbiswaskl on Twitter

Thursday, June 4, 2015

कसरी पत्ता लाग्छ भूकम्पको केन्द्रविन्दु?

कसरी पत्ता लाग्छ भूकम्पको केन्द्रविन्दु?

भानुभक्त काठमाडौं, जेठ २१ 

नेपाली डिजिटल अखबार सेतोपाटी से साभारबरपाक केन्द्रबिन्दु रहेको भुकम्पको प्रभाव पश्चिममा किन फरक? / आविष्कार भएको १०० वर्षपछि मात्र नेपालमा जडान गरियो सिस्मोमिटर

वैशाख १२ को गतेको भूकम्प र त्यसपछिका परकम्पले अहिलेको नेपाली पुस्तालाई भूकम्पसँग अभ्यस्त बनाएको छ। गोरखाको बारपाकमा केन्द्रविन्दु भएको भूकम्पले  अहिलेको पुस्तालाई भूकम्पप्रति उत्सुक र जागरूक पनि बनाएको छ।

रिक्टर स्केल, इपिसेन्टर जस्ता भूकम्पसम्बन्धी शब्द धेरैका मुख झुण्डिएका छन्।

भूकम्पका यी प्राविधिक शब्द कण्ठस्थ भएपनि यी शब्दको वास्तविक ज्ञान हामी धेरैलाई नहुन सक्छ।  यहि सेरोफेरोमा राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीसँग सेतोपाटीले गरेको कुराकानीमा उनले भूकम्प सम्बन्धी धेरै कुरा अर्थ्याएका छन्।

पृथ्वीको महादेसीय भूपटल (Continental Crust) को करिब २ तिहाई भूभाग भूकम्पीय रूपमा सक्रिय (Seismically Active) भएकोले यी क्षेत्रहरु भूकम्पीय जोखिमको क्षेत्रमा पर्छन्। त्यसको सोझो अर्थ हो, पृथ्वीमा करिब १ अर्ब मानिस भूकम्पीय जोखिम क्षेत्रमा बसोबास गर्दछन्। नेपालको हिमालय पनि यस्तै क्षेत्र हो।

वास्तवमा सुन्दर हिमालयको निर्माण नै विगतमा गएका महाभूकम्पहरुको प्रतिफल हो। इतिहासलाई केलाउने हो भने १४ औं शताब्दीपछि पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मारसम्म फैलिएको २५०० किलोमिटर लामो हिमालय क्षेत्रमा करिब १४ वटा महाभूकम्प गएका छन्।

नेपालले उक्त हिमालयको मध्यभागमा करिब १ तिहाई भूभाग (८०० किमी) ओगटेको छ।

वि.सं. १९९० साल माघ २ गते गएको भूकम्प पनि यीनै मध्ये एक हो। साना भूकम्पहरू त नेपालमा पनि दैनिक रूपमा गईरहेका हुन्छन् जुन मानिसलाई थाहा हुँदैन अथवा मानिसहरुले महसुस गर्दैनन्। नेपालमा प्रयोग भूकम्प कुन ठाउँमा आयो र यसको गति कति छ भनेर नाप्ने यन्त्रलाई सिस्मोमिटर भन्दछन्। मानिसले भूकम्पको रेकर्ड राख्न थालेको वा भनौ भूकम्प मापन गर्न थालेको पनि करिब १९०० वर्ष भईसकेको छ। सबैभन्दा पहिला भूकम्प नाप्ने उपकरण चीनका भूकम्पविद्  ज्यांङ हेङले इस्वीको पहिलो शताब्दीमा निर्माण गरेका हुन्।

उक्त उपकरणको वरिपरि मुखमा बल समातेका ८ वटा ड्रयागनहरु हुन्थे, जसको तल मुख खोलेर बसेका भ्यागुता हुने गर्थे । भूकम्प आएको बेला उक्त मेसिन भित्र भएको प्रविधिको कारणले ड्रयागनको मुखबाट बल खसेर तल रहेको भ्यागुताको मुखमा खस्थे। यसले भूकम्प गएको र भुकम्प कुन दिशाबाट आयो भन्ने कुराको जानकारी दिन्थ्यो।

केहि समय पछि उक्त यन्त्रलाई परिमार्जन गरी बलको सट्टा पानीलाई प्रयोग गरी पानी विस्थापित हुने प्रविधि अपनाईएको थियो।

सन् १८८० मा जापानमा काम गर्ने ब्रिटिस नागरिक जोन मिल्नेले आधुनिक भूकम्प नाप्ने उपकरण, सिस्मोमिटरको आविष्कार गरे। त्यसपछि यस्ता उपकरणहरू समय समयमा परिमार्जित हुँदै हाल अत्याधुनिक उपकरणहरुका साथै कम्प्यूटर सफ्टवयेरहरुका निर्माण भएका छन्। जसको प्रयोगले भूकम्प जाने वित्तिकै भूकम्पको मान, उदगम्विन्दू तथा केन्द्रविन्दू आदि पत्ता लगाउन सकिन्छ। तर हालसम्म पनि संसारमा भूकम्पको भविष्यवाणी गर्न सक्ने उपकरणको भने अविष्कार भएको छैन।

भूकम्पीय आँकडाहरु संकलन गरी त्यसको अध्ययन अनुसन्धान गर्नेका लागि नेपालमा आधुनिक भूकम्प मापन गर्ने यन्त्र सिस्मोमिटरको आविष्कार भएको करिब १०० वर्षपछि आएको हो। वि.स. २०३५ साल कात्तिक महिनामा फ्रान्स सरकारको सहयोगमा पहिलो साइस्मिक स्टेशन ललितपुरको फुलचोकी डाँडामा जडान गरी सञ्चालन गर्न थालियो।

स्टेशनबाट प्राप्त हुने भूकम्पीय आँकडालाई लैनचौरस्थित खानी तथा भूगर्भ विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रमा रेकर्ड हुने व्यवस्था मिलाइयो। फ्रान्स सरकारकै सहयोगमा सन् १९८०मा दामन र ककनीमा दुई स्टेशन थपिए। सन् १९८५ सम्ममा मध्य नेपालमा ५ वटा स्टेशनहरु जडान गरियो। जसबाट प्राप्त आँकडाहरुले वि.सं. २०४५ भदौ ५ गतेको पूर्वी नेपालको उदयपूर आसपासमा गएको भूकम्पमा पुर्‍याएको सेवा सर्वविदितै छ।

७ सय २१ जनाको मृत्यु भएको वि.सं. २०४५ भदौ ५ गते उदयपूरमा गएको विनासकारी भूकम्पपछि मेची महाकाली ढाक्ने राष्ट्रिय भूकम्प मापन सञ्जालको आवश्यकता महशुस भई फ्रान्स सरकारकै अनुदान सहयोगमा अन्य ७ वटा स्टेशनहरु थप गरी पूर्वमा ताप्लेजुङदेखि पश्चिममा प्यूठानसम्म कूल १२ वटा साईस्मिक स्टेशन युक्त राष्ट्रिय भूकम्प मापन सञ्जाल सन् १९९० मा निर्माण भयो।

यी १२ वटा साइस्मिक स्टेशनबाट प्राप्त हुने साइस्मिक आँकडाहरू काठमाडौंमा रेकर्ड हुन्छन्।

यसैगरी आर्थिक वर्ष २०५४/०५५ सम्ममा मध्यपश्चिम र सुदूरपश्चिमका रुकुमदेखि बैतडीसम्ममा थप ९ वटा साइस्मिक स्टेशनहरू स्थापना गरी सुर्खेत वीरेन्द्रनगरस्थित भूकम्प मापन केन्द्रमा रेकर्ड गर्ने व्यवस्था मिलाइयो। हाल नेपालमा जम्मा २१ वटा साइस्मिक स्टेशनहरू र २ वटा भूकम्प मापन केन्द्र छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल भित्र तथा यसको आसपासको क्षेत्रमा गएका कम्तीमा २ रिक्टर स्केलभन्दा ठूला भूकम्पहरु मापन गर्न सक्ने क्षमता राख्छ भने ५ भन्दा ठूलो मापनको भूकम्पहरू संसारको जुनसुकै स्थानमा गएको भए पनि रेकर्ड एवम् प्रशोधन गर्ने कार्य समेत गर्दै आइरहेको छ।

नेपाल भित्र ४ रेक्टरभन्दा ठूला भूकम्प गएको अवस्थामा प्राप्त आँकडालाई यथासक्य शीघ्र प्रशोधन गरी केन्द्रबिन्दु तथा भूकम्पको मान निर्धारण गरी सम्बन्धित निकायलाई जानकारी गराउने गरेको छ।

नेपालमा हाल सरदर दैनिक ४-५ वटा भूकम्प जाने गरेको तथ्यांक छ भने स्टेशन स्थापनापश्चात हालसम्म १ लाख ५० हजारभन्दा बढी नेपाल र यस आसपासको क्षेत्रमा गएका भूकम्पहरु रेकर्ड भएका छन्। २ लाख भन्दा बढी संख्यामा पृथ्वीको अन्य भागमा गएका भूकम्पहरु रेकर्ड भएका छन्।

नेपालभित्र आधिकारिक रुपमा कुनैपनि विदेशी संस्थाले साइस्मिक स्टेशन राखेका छैनन्। विदेशमा रहेका सिस्मोमिटरले यहाँको भूकम्प नाप्दा त्रूटि हुने सम्भावना हुन्छ। अमेरिकी भूकम्प मापन केन्द्र युएसजिएसले गोरखा भूकम्पको म्याग्नेच्यूड फरक फरक भन्नु पनि यही कारण हो।

त्यहि कारण जेठ १६ गते नुवाकोटमा केन्द्र बनाइ गएको ४.५ रिक्टर स्केलको परकम्पलाई युएसजिएसले चितवन ठोरी केन्द्रविन्दु भएको ४.२ मापन गरेको थियो।

कसरी पत्ता लाग्छ भूकम्पको केन्द्रविन्दु र म्याग्नेच्युड? 

नेपालभरि अहिले २१ वटा स्थानमा साइस्मिक स्टेशन राखिएका छन्। प्लेट आपसमा ठोक्किदा उत्पन्न हुने दुई तरंगलाई पी (प्राइमरी) र एस (सेकेण्डरी) नामले चिनिन्छ। पी तरंगको गति छिटो हुन्छ। त्यसैले यो केन्द्रविन्दुबाट छिटो स्टेशनसम्म पुग्छ। एस तरंगको गति सुस्त हुने भएकाले सँगै उत्पन्न भएपनि यो ढिलो गरी स्टेशनसम्म पुग्छ।

पी तरंग ध्वनी जस्तै अघिपछि भएर अघि बढ्छ भने एस तरंग दायाँबायाँ भएर अघि बढ्छ। स्टेशनमा पी तरंग र एस तरंग आएको समयको फरक निकालिन्छ। सो फरकका आधारमा स्टेशनबाट कति किलोमिटर वरिपरी केन्द्रविन्दु छ भन्न सकिन्छ तर यहीँठाउँ भन्ने पत्ता लाग्दैन।

त्यसका लागि कम्तिमा ३ ओटा स्टेशनको त्यसरीनै विश्लेषण गर्नुपर्दछ। तिनै स्टेशनले देखाएको घेरा आपसमा काटिएको भागलाई नै भूकम्पको केन्द्रविन्दु (इपिसेन्टर) भनिन्छ। केन्द्रविन्दुको नजिकजति धेरै स्टेशन छन्। त्यति नै सही इपिसेन्टर पत्ता लाग्छ। टाढा टाढाका स्टेशनबाट नापिएको इपिसेन्टर नमिल्ने कारण यही हो। तिनै तरंगको शत्तिलका आधारमा भूकम्पको इपिसेन्टरसँगै यसकोशक्ति म्याग्नेच्युड पनि नापिन्छ। यो तरिका फरक फरक हुन्छ। कसैले पी वेभका आधारमा म्याग्नेच्युड नाप्छन् भने कसैले एस र कतिले सतहमा उत्पन्न हुने तरंगबाट पनि म्याग्नेच्युड निकाल्छन्। टाढाका भूकम्प प्राय पी वेभका आधारमा नापिन्छ। कहिलेकाँही ठूला भूकम्पका तरंगलाई नजिकका केन्द्रले प्रोसेस गर्न सक्दैनन्।

वैशाख १२ को भूकम्पमा यस्तै भयो। काठमाडौं नजिकका स्टेशन 'स्याचुरेटेड' भए। काठमाडौंको मापन केन्द्रमा पनि 'प्रोसेस' गर्न गाह्रो भएकाले सुर्खेतमा रहेका मापन केन्द्रबाट भूकम्पको केन्द्रविन्दु र म्याग्नेच्युड पत्ता लगाइयो। 

गोरखाबाट पश्चिम प्रभाव नहुनु रहस्यमय

भूकम्पका तरंगहरु प्राय उदगम विन्दुबाट चारैतिर फैलिन्छन्। अहिलेसम्म भएको पनि त्यहि हो। तर गोरखाको बारपाक केन्द्रविन्दु भएको वैशाख १२ को भूकम्पले वरिपरि प्रभाव पारेन। यसको पूर्वतिर प्रभाव भयो। भूकम्पविदहरूका लागि यो रहस्यमय कुरा भएको छ। गोरखा पूर्वको प्लेट कमजोर भएको कारण यता धेरै प्रभाव परेको होला भन्ने प्रारम्भिक अनुमान गरिएको छ।

तर यसको ठ्याक्कै कारण पत्ता लागेको छैन। किन पूर्वतिर बढी प्रभाव पर्‍यो? भन्ने प्रश्न चासो र अध्ययनको विषय बनेको छ। 

चर्चामा भूकम्प मापन केन्द्र

वैशाख १२ को भूकम्पअघि 'गइसकेपछि नाप्ने केन्द्रको के काम' भन्ने आम धारणा थियो। सर्वसाधारणदेखि राज्यका उच्च अधिकारीलाई पनि भूकम्प मापन केन्द्रको महत्वबोध थिएन। उद्योग मन्त्रालयको खानी तथा भूगर्भ विभाग अन्तर्गत रहेको केन्द्रमा ९ जना कर्मचारी छन्। सुर्खेत कार्यालयमा पनि त्यति नै कर्मचारी छन्।  वैशाख १२ को भूकम्पपछि केन्द्रको चर्चा व्यापक छ।

भूकम्पप्रति आम चासोलाई ध्यानमा राखी केन्द्रले अहिले टोल फ्री नम्बर, नोटिस बोर्ड  र भूकम्प अलर्ट गर्ने एप्स पनि बनाएको छ। ती सबै प्रविधि पनि लोकप्रिय भइसकेका छन्।

वैशाख १२ को भूकम्पअघि १०-५ बजेका सरकारी  कार्यालय समयमा सञ्चालन हुने केन्द्रमा अहिले २४ घण्टा कर्मचारी हुन्छन्। घर जानै परे आलोपालो मिलाउँछन्। लैनचौरको खानीतथा भूगर्भ विभागभित्रै रहेको केन्द्र पनि वैशाख १२ को भूकम्पपछि चर्किएको छ। केन्द्रको भवनमा इन्जिनियरको टोलीले निरीक्षण गरी पहेँलो स्टिकर टाँसेको छ।

अबको आवश्यकता पाठ्यक्रममा भूकम्प

नेपाल भूकम्पीय जोखिमका हिसाबले संसारको एघारौं स्थानमा पर्छ। यहाँ साना तिना भूकम्प दिनहुँ गइरहन्छन् भने एक शताब्दीमा ठूला भूकम्पले यहाँ ठूलो क्षति गर्ने गरेको इतिहास देखिन्छ। तर, नेपालको कुनै तहको पनि पाठ्यक्रममा भूकम्प विषय पढाई हुँदैन्।

केही किताबमा दैवी विपत्तिका रुपमा भूकम्पको परिचय गराइए पनि भूकम्प केन्न्द्रित अध्ययन विश्वविद्यालय तहमा पनि हुँदैन्। भूकम्प मापन केन्द्रमा काम गर्ने कर्मचारी जियोलोजी (भूगर्भ शास्त्र) मात्र पढेका हुन्छन्। भूकम्पबारे थप विज्ञ बनाउन उनीहरूलाई केन्द्रले विदेश पढ्न पठाइरहेको छ।

विद्यालय तहमा भूकम्पको बारेमा केही प्राविधिक ज्ञानसहितको पाठ्यक्रम र विश्वविद्यालय तहमा भूकम्प विषयमा विशेषज्ञता हासिल गर्ने पाठ्यक्रम बनाई कक्षा सञ्चालन गर्नु अबको आवश्यकता हो। 

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०७२ १६:३४:४१

No comments:

Related Posts Plugin for WordPress, Blogger...

PalahBiswas On Unique Identity No1.mpg

Tweeter

Blog Archive

Welcome Friends

Election 2008

MoneyControl Watch List

Google Finance Market Summary

Einstein Quote of the Day

Phone Arena

Computor

News Reel

Cricket

CNN

Google News

Al Jazeera

BBC

France 24

Market News

NASA

National Geographic

Wild Life

NBC

Sky TV