Total Pageviews

THE HIMALAYAN DISASTER: TRANSNATIONAL DISASTER MANAGEMENT MECHANISM A MUST

We talked with Palash Biswas, an editor for Indian Express in Kolkata today also. He urged that there must a transnational disaster management mechanism to avert such scale disaster in the Himalayas. http://youtu.be/7IzWUpRECJM

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

Twitter

Follow palashbiswaskl on Twitter

Thursday, May 23, 2013

दाहाललाई दिल्लीको सन्देश (तस्वीरसहित)

दाहाललाई दिल्लीको सन्देश (तस्वीरसहित)

Published on: Wednesday, May 1, 2013 // 


काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भाषाका आधारमा संघीय प्रणाली तय गर्न भारतले सुझाब दिएको बताएका छन् । शनीवार भारत भ्रमणमा गएका दाहालले मंगलवार स्वदेश फर्केपछि सञ्चारकर्मीसँगको अन्तरक्रियामा भारतसँग सम्बन्धको नयाँ आधार तय भएकोसमेत दाबी गरेका छन् । यसअघि चीन भ्रमण गरेका दाहालले नेपालको स्थिरता र आर्थिक सम्बृद्धिका लागि सहयोग गर्न दुवै छिमेकी तयार भएको तर यो नेपाली नेताहरुकै जिम्मामा आएको पनि स्पष्ट पारे ।  
भारत, चीन र नेपालबीच नेपालको आर्थिक विकासमा त्रिदेशीय समझदारी हुनुपर्ने प्रस्ताव अस्वीकार गरेको भारतले स्थिरता र आर्थिक सम्बृद्धिका लागि नेपाललाई सक्दो सहयोग गर्न तयार रहेको आश्वासन दिएको पनि दाहालले बताए । 'संघीय प्रणालीमा जानका लागि एउटा स्पष्ट आधार तय गर्नु आवश्यक हुन्छ भन्ने सुझाब भारतीय सरकार र राजनीतिक नेताहरुले दिएका छन्' दाहालले भने, 'संघीयताको आधार भाषा हुनसक्छ भन्ने उहाँहरुले अनुभवसहितको सुझाब दिनुभएको छ । शुरुमा भाषाका आधारमा संघीयतामा जाँदा भारत विभाजन होला कि भन्ने आशंका रहेछ, पछि त्यसले त झन मुलुलकलाई मजबुत गरेको अनुभव भारतीय मित्रहरुले सुनाउनुभएको छ ।' जातीय पहिचानका आधारमा संघीय प्रणाली अपनाउने निर्णयमा अडिग रहेको एमाओवादीलाई अडान छाड्न चीनले सुझाब दिइसकेको छ । भारतले भाषाका आधारमा संघीयतामा जान सुझाब दिएर जातीय संघीयतालाई अस्वीकार गरेको सन्देश दिएको जानकारहरुको टिप्पणि छ । 
दाहालले स्वदेश फर्किनुअघि मंगलवारै भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह र विदेश मन्त्री सलमान खुर्सिदसँग भेटवार्ता गरेका थिए । सोमवार उनी उच्च राजनीतिक नेताहरुसँगको भेटवार्तामा सरिक थिए । तर दाहालले भारतीय सत्तारुढ गठबन्धनको नेतृत्वदायी पार्टी कांग्रेस आईका अध्यक्ष सोनिया गान्धीसँग भेट्न समय नपाएको स्रोतको भनाई छ । त्यसबाहेक भारतीय पूर्व कुटनीतिज्ञ र सुरक्षाविदहरुसँग थप अन्तरक्रिया गर्ने दाहालको चाहनासमेत यसपटक पूरा नभएको बुझिएको छ । दाहालले भारतीय प्रधानमन्त्रीलाई नयाँ दिल्लीस्थित उनकै निवास सेभेन रेसकोर्स भेटेका थिए । 
दाहालले काठमाडौं फर्केर शान्ति प्रक्रिया अन्तर्गत लडाकु समायोजन पूरा गरेकोमा बधाई दिएको र आगामी निर्वाचनका लागि सहयोग गर्ने भारतीय प्रतिवद्धता आएको पनि बताए । दाहालले यो भ्रमणबाट नेपाल भारत सम्बन्धमै नयाँ आयाम थपिएको समेत स्पष्ट पारे । 'विगतमा कम्युनिकेसन ग्यापका कारण एक अर्काको बुझाईमा केही कमजोरी रहेकै हो, अब पुराना तीता मिठा कुरा बिर्सेर नयाँ आधारमा अघि बढ्ने कुरा भएको छ' दाहालले भने, ' पुराना कमजोरी र बुझाईका समस्या चिर्र्दै नयाँ सिराबाट विश्वासको वातावरण बनाउनका लागि मेरो भ्रमणले आधार तयार गरेको छ ।' 
भारतीय नेताहरुले नेपालमा चाँडै निर्वाचन होस् भन्ने चाहेको पनि बताए । भारतीय प्रधानमन्त्रीले तोकेरै मंसिरमा चुनाव होला त भनेर सोधेको र आफूले चुनाब हुने स्पष्ट पारेको पनि दाहालले बताए । 

'त्रिदेशीय समझदारी पछि'  
भारतीय प्रधानमन्त्री डा सिहले नेपाल भारतवीचको  दुई देशीय साझेदारीको अभिबृद्धि पछि मात्रै भारत नेपाल र  चिनवीचको त्रिपक्षीय साझेदारी सम्भव रहेको बताएका छन् । एमाओवादी अध्यक्ष दाहालसँग नयाँदिल्लीमा भएको भेटमा सिंहले यस्तो बताएका हुन् । दाहालले यसअघि चिन भ्रमणमा त्रिदेशीय साझेदारीको प्रस्ताव राखेका थिए । भारतीय प्रधानमन्त्रीसँग पनि सोही प्रस्ताव राखेपछि उनले दाहाललाई  पहिला नेपाल र भारतबीच दुईपक्षीय साझेदारी अभिबृद्धि गरेपछि त्रिदेशीय साझेदारीमा प्रवेश गर्ने प्रतिवद्धता दिएका थिए । 
भारतीय प्रधानमन्त्रीले  एकीकृत नेकपा माओवादीले हेटौडा महाधिवेशनपछि लिएको नयाँ राजनीतिक र आर्थिक अवधारणाको प्रशंसा गरेका थिए । सिंहले भारतको चाहना राजनीतिक रुपमा स्थायीत्व प्राप्त गरेको सम्पन्न नेपाल भएको पनि स्पष्ट पारेका थिए । साथै आर्थिक सम्बृद्धिका लागि नेपाललाई सक्दो सहयोग  गर्ने आश्वासन पनि सिंहले दिएका थिए । नेपालमा निर्वाचनकै लागि प्रधानन्यायधिसको नेतृत्वमा चुनावी सरकार गठन भएकोमा पनि सिंहले दाहालसमक्ष खुसी ब्यक्त गरेका थिए । 
सिंहले संविधानसभा मार्फत संविधान लेखेर नेपालको लोकतन्त्र बलियो बनाउन दाहाललाई सुभकामना दिए । उनले दुई देशको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको भन्दै विगतका प्रधानमन्त्रीको भ्रमणको क्रममा भएको सहमति कार्यान्वयन प्रक्रियालाई अघि बढाउने पनि आश्वासन दिए । 
सो क्रममा दाहालले भारतबाट लामो समयदेखि प्रधानमन्त्री तहको नेपाल भ्रमण हुन नसकेको भन्दै प्रधानमन्त्री सिंहलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । सिंहले आफू नेपाल आउन ईच्छुक भएको तथा उपयूक्त समयमा नेपाल भ्रमणमा आउने प्रतिबद्धता ब्यक्त गरेका थिए । 
अर्को प्रसंगमा दाहालले भारतको सुरक्षा चासोलाई संबोधन गर्न आफ्नो दल, सबै राजनीतिक पार्टीहरु र नेपाल सरकार संबेदनशिल भएको स्पष्ट पारेका थिए । उनले नेपालको भूमि प्रयोग गरेर हुने सबै खाले भारत विरोधी गतिविधी रोक्ने पनि प्रतिबद्धता ब्यक्त गरेका थिए । 
भेटवार्तामा एमाओवादी नेता  कृष्णबहादुर महरा तथा  भारतको तर्फबाट प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार शिवशंकर मेनन, विदेश सचिव रञ्जन मथाई, नेपाल हेर्ने सहसचिव अखिलेष मिश्र र नेपालका लागि भारतीय राजदुत जयन्त प्रसाद सहभागि थिए ।
यसैबीच, दाहालसँग मंगलवार भएको बेग्लै भेटमा भारतीय विदेशमन्त्री सलमान खुर्सिदले नेपालमा राजनीतिक स्थायीत्व र विकास भारतको मुख्य एजेण्डा भएको बताएका छन् । 
'नेपालको राजनीतिक स्थायीत्व विकास भारतको एजेण्डा हो । नेपालमा स्थायीत्व र विकास हुनु पर्छ त्यसमा भारतले सक्दो सहयोग गर्न तयार छ' विदेश मन्त्री खुर्सिदको भनाई थियो  ।  विदेश मन्त्री खुर्सिदले भारत नेपाल र चिनवीच त्रिपक्षीय साझेदारीको विषय कुनै कुराकानी नभएको भएको बताए ।

तर दाहालले नयाँ दिल्लीमा सञ्चारमकर्मीसँग कुरा गर्दै  नेपाल र भारतबीच अहिलेको एजेन्डा दुई पक्षीय विकास मात्रै भए पनि भविश्यमा त्रिदेशीय साझेदारीमा पुग्ने बारेमा आफूले स्पष्ट पारेको जानकारी दिए । खुर्सिदले पनि नेपालबाट भारत विरुद्ध गतिविधी नहोस भन्ने कुरा आफूहरुले स्पष्ट सँग राखेको दाहालले जानकारी दिए । दाहालले गौतमबुद्धको जन्मस्थान लुम्बिनीको विकास र कर्णाली चिसापानी जलविद्युत आयोजनाको विकासमा सहयोग गर्न भारत सरकारसमक्ष प्रस्ताव गरेका थिए । 

No comments:

Related Posts Plugin for WordPress, Blogger...

PalahBiswas On Unique Identity No1.mpg

Tweeter

Blog Archive

Welcome Friends

Election 2008

MoneyControl Watch List

Google Finance Market Summary

Einstein Quote of the Day

Phone Arena

Computor

News Reel

Cricket

CNN

Google News

Al Jazeera

BBC

France 24

Market News

NASA

National Geographic

Wild Life

NBC

Sky TV