Total Pageviews

THE HIMALAYAN DISASTER: TRANSNATIONAL DISASTER MANAGEMENT MECHANISM A MUST

We talked with Palash Biswas, an editor for Indian Express in Kolkata today also. He urged that there must a transnational disaster management mechanism to avert such scale disaster in the Himalayas. http://youtu.be/7IzWUpRECJM

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

Twitter

Follow palashbiswaskl on Twitter

Thursday, May 23, 2013

९ महिनामा १० करोड रुपैयाँ संकलन भइसकेको छ ।

९ महिनामा १० करोड रुपैयाँ संकलन भइसकेको छ ।

-डिआईजी उपेन्द्रकान्त अर्याल-
प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखा


महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख छन् प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्याल । गत कात्तिक १९ देखि महाशाखा प्रमुख भएर आएका डिआईजी अर्यालले उपत्यकाको ट्राफिकमा  छलाङ नै मारेका छन् । २०४३ फागुन ३ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका अर्याल प्रहरी अधिकृतहरुबीच आर्थिक पारदर्शी उपमा लिइन्छन् । धनकुटा, उदयपुर, सिन्धुली, भक्तपुर, अपराध महाशाखा, बागमती, जनकपुर अञ्चल, केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख भइसकेका उनी आगामी कात्तिक २९ गते वर्तमान प्रहरी प्रमुख कुवेरसिंह राना उमेर हदम्यादका कारण अनिवार्य अवकास पाएपछि आईजीपी बन्ने प्राय पक्का छ । वरियतामा पहिलो नम्बरका र कार्य क्षमतामा पनि अब्बल मानिने अर्यालसँग उपत्यकाको ट्राफिक व्यवस्थापन, सुधार र गर्न बाँकी कामका विषयमा नेपालडोर डट कमका लागि सुरेन्द्र सुवेदीले गरेको कुराकानीको संपादित अंश । 
ट्राफिक प्रहरी प्रमुख भएर आएपछि केके काम गर्नु भयो ? 
म गत कात्तिकमा ट्राफिक प्रहरीको प्रमुख भएर आएपछि केही सुधारका प्रयास गरेको छु । जनमानसमा सबैभन्दा बिझेको ट्राफिक प्रहरीको आचरण थियो । सबैले ट्राफिक प्रहरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आएका थिए । मैले पहिलो प्राथमिकता ट्राफिक प्रहरीलाई आचरण सिकाउनु पर्ने थियो । ट्राफिकमा खटेका एक हजारबढी प्रहरीलाई निरन्तर आचरण सिकाइयो । अहिले जनस्तरबाट ट्राफिक प्रहरीको व्यवहारमा परिवर्तन आएको अनुभव आउन थालेको छ । 
    ट्राफिकको आचरणसहित आर्थिक पारदर्शितामा पनि केही सकारात्मक काम भएका छन् । यातायात व्यवस्था विभाग र कार्यालयका कर्मचारी, ड्राइभिङ स्कुलका सञ्चालक, बिचौलियासँग मिलेर ट्राफिक प्रहरीले सर्वसाधारणबाट लिने अबैध रकम प्राय रोकिएको छ । महाशाखामा पनि आर्थिक पारदर्शिता अपनाइएको छ । 
चालक अनुमतिपत्र वितरणमा केके सुधार भए ? 
गत कात्तिकदेखि चालक अनुमतिपत्र पाउन लिखित, मौखिक र प्रयोगात्मक परीक्षामा सुधार गर्दै १० वटा परीक्षा दिने व्यवस्था मिलाइएको छ । विगतमा ९० प्रतिशतले अनुमतिपत्र परीक्षा उतीर्ण गर्नेमा अब १० प्रतिशत पनि उतीर्ण हुन छोडेका छन् । यसको अर्थ दक्ष चालकले मात्र परीक्षा उतीर्ण गरेका छन् । अनुमतिपत्र पाउन मिलेमतोमा मोडिफाई गरेका स्कुटर, मोटरसाइकल र कारको प्रयोग हुने गरेको रहेछ । प्रतिघण्टा ४÷५ किलोमिटर गतिमात्र गुड्ने मोडिफाई गरेर बनाएका त्यस्ता साधन र सञ्चालकलाई कारवाही गरिएको छ भने जुन साधनको अनुमति पत्र लिने हो त्यहीबाट परीक्षामा सहभागी बन्नु पर्ने नियम बनाइएको छ । यातायात व्यवस्था विभागसँग समन्वय गर्दै रोड टेष्ट ड्राइभिङ पनि सञ्चालन तयारीमा छौं । 
भाडाका ट्याक्सीले यात्रु ठग्ने गरेकोमा के कारवाही भए ? 
जनमानसबाट यस विषयमा पनि गुनासा आएकै हुन् । हामीले अर्थिङ गरेर भाडामा हिड्दा बढी रकम उठाउने ट्याक्सीका मिटर जफत गरेका छौं । त्यस्तो पाएमा चालकलाई पनि कारवाही गरेकै छौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा आरक्षण सिटको अनिवार्य व्यवस्था मिलाइएको छ । 

सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन किन ?
ट्राफिक प्रहरी नभएको स्थानमा सवारी चालकले ट्राफिक नियम पालना नगरेकै कारण सडकका चोकचोकमा सादा पोशाकमा ट्राफिक प्रहरी खटाएको हो । यसले चालकको हेपाहा प्रवृत्तिविरुद्ध राम्रो काम गरेको छ । 

अबका योजना के छन् ? 
तत्काल गर्नु पर्ने काम भइरहेका छन् । अब जनचेतना फैलाउने अभियान चलाउने लक्ष छ । सडक दुर्घटनाबाट सबैलाई बचाउन, सडकको जम कम गर्न, गन्तव्यमा समयमै पुग्न र सवारी साधनकै कारण आर्थिक ठगीबाट बच्न जनचेतना आवश्यक छ । हामी उपत्यकाका सबै घरमा जनचेतना विस्तारको कार्यक्रम लिएर जाने तयारीमा छौं । 

ट्राफिकमा भएका सुधारका कारण राजश्वमा कति वृद्धि भएको छ ? 
गत आर्थिक वर्षमा ११ करोड ३१ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । यो आर्थिक वर्षको ९ महिनामा १० करोड रुपैयाँ संकलन भइसकेको छ । वर्षभरमा १२ करोडबढी राजश्व संकलन हुने देखिन्छ ।   

No comments:

Related Posts Plugin for WordPress, Blogger...

PalahBiswas On Unique Identity No1.mpg

Tweeter

Blog Archive

Welcome Friends

Election 2008

MoneyControl Watch List

Google Finance Market Summary

Einstein Quote of the Day

Phone Arena

Computor

News Reel

Cricket

CNN

Google News

Al Jazeera

BBC

France 24

Market News

NASA

National Geographic

Wild Life

NBC

Sky TV