Total Pageviews

THE HIMALAYAN DISASTER: TRANSNATIONAL DISASTER MANAGEMENT MECHANISM A MUST

We talked with Palash Biswas, an editor for Indian Express in Kolkata today also. He urged that there must a transnational disaster management mechanism to avert such scale disaster in the Himalayas. http://youtu.be/7IzWUpRECJM

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

Twitter

Follow palashbiswaskl on Twitter

Thursday, April 9, 2015

विपक्षी मोर्चा विभाजनतर्फ मधेसी दलहरूमै पनि धु्रवीकरण

विपक्षी मोर्चा विभाजनतर्फ

  • मधेसी दलहरूमै पनि धु्रवीकरण
http://www.ekantipur.com/kantipur/2071/12/25/full-story/344179.html
काठमाडौ, चैत्र २५ - 
३० दलीय विपक्षी मोर्चाले थालेको तीनदिने आम हडतालको पहिलो साँझ सिंहदरबारमा गठबन्धनका संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अरू दलका नेतालाई सोधे, 'नागरिक समाज र उद्योगी व्यवसायीले बन्द फिर्ता लिन माग गरेका छन् । तपाईंहरूको राय के छ ?'

गठबन्धनमा रहेका अधिकांश दलका नेताले एकै स्वरमा भने, 'चैत १ गते नै घोषणा गर्दा उहाँहरूले केही भन्नुभएको थिएन । सडकमा कार्यकर्ता ओर्लिइसके । अब फर्काउन गाह्रो हुन्छ ।'

सबैको मत सुनिसकेपछि संयोजक दाहालले सत्तारूढ दलले संविधानसभा चैत ३० सम्मलाई स्थगन गरिसकेको परिस्थितिमा बन्द जारी राख्दा सकारात्मक सन्देश नजाने सम्झाए । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले उत्तिखेरै सहमति जनाए । सहभागी एक नेताका अनुसार त्यसपछि विपक्षी मत विभाजित भयो । एकातिर दाहाल र गच्छदार रहे, बाँकी नेताहरू अर्कातिर । 

राति नौ बजेसम्म बसेको बैठक अवधिभर एमाओवादी नेता बाबुराम भट्टराई भने मौन रहे । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सोमबार साँझै मोरङ गइसकेका थिए । उनका प्रतिनिधि रत्नेश्वर लाल कायस्थले बैठकमा कुनै टिप्पणी गरेनन् । तर बैठक सकिनेबित्तिकै विराटनगरबाट अध्यक्ष यादवको कडा विज्ञप्ति सार्वजनिक भयो । 'आमहडताल फिर्ता लिएर मोर्चाले मधेसी, जनजाति र उत्पीडितवर्ग लगायत आमजनतालाई धोका दिएको फोरम नेपालको ठहर छ,' उनले विज्ञप्तिमा भनेका छन्, 'जनता सडकमा ओर्लिसकेको र आन्दोलन निर्णायक चरणमा पुगिसकेको अवस्थामा आमहडताल फिर्ता लिएर मोर्चाले गम्भीर गल्ती गरेको छ ।' 

मोर्चाको निर्णयप्रति चर्को असन्तुष्टि व्यक्त गरेका यादव बुधबार दिनभर सम्पर्कविहीन रहे । उनका प्रेस सहयोगी महेश चौरसियाका अनुसार साँझ अबेरसम्म यादव, उनका सवारी चालक र सुरक्षाकर्मी कसैको मोबाइलमा सम्पर्क हुन सकेको छैन । यादव कता छन् भन्ने पनि स्पष्ट जानकारी आइसकेको छैन । स्रोतका अनुसार एमाओवादी वरिष्ठ नेता भट्टराई पनि आन्दोलनका कार्यक्रम हठात् फिर्ता लिइएकोमा असन्तुष्ट छन् । फागुन १६ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा भएसँगै स्पष्ट रणनीति नबनाइएकोमा उनले रोष प्रकट गरेका हुन् । 

'अर्को पक्ष कसरी आउँछ भन्ने पूर्वानुमान गरेर आन्दोलन थाल्नुअघि नै रणनीति बनाउनुपथ्र्यो । त्यसअनुसार विभिन्न विकल्प तयार पार्नुपथ्र्यो,' निकटवर्तीसँग भट्टराईले भन्ने गरेका छन्, 'अर्को पक्षको प्रतिक्रिया अनुरूप आन्दोलनका कार्यक्रम परिमार्जन गर्दै जानु ठीक भएन ।'

नेता भट्टराईले कान्तिपुरसँगको कुराकानीमा भने आन्दोलनलाई निरन्तरता दिनुपर्छ भन्ने सबैको मत भए पनि परिस्थितिअनुसार कार्यक्रम परिमार्जन गरिएको बताए । 

'प्रतिद्वन्द्वी कसरी आउँछ त्यसअनुरूप आन्दोलनका कार्यक्रम परिमार्जन गर्नुपर्छ । सत्तापक्षले ३० गतेसम्मका लागि संविधानसभा सारेकाले हामीले पनि आन्दोलनका कार्यक्रम रोकेका हौं,' उनले भने, 'फेरि हामी सहमतिकै लागि दबाब दिन आन्दोलनमा गएका हौं ।' आन्दोलन रोकेकोमा मोर्चाभित्रकै कतिपय घटकको विरोधबारे सोध्दा पार्टी नै फरक भएपछि बुझाइमा फरक आउनु स्वभाविक भएको उनले बताए । 'हामीले एजेन्डा छाडेको होइन, संघर्षको स्वरूप फेरेको मात्र हो,' उनले भने, 'एजेन्डा छाडेको भए पो धोका हुन्थ्यो । एजेन्डा पूरा नहुन्जेल संघर्ष छाड्दैनौं ।'

पटक-पटक आन्दोलन घोषणा गर्दै बीच-बीचमा फिर्ता लिँदा सत्तापक्षलाई दबाब सिर्जना गर्न नसकेको, उल्टै आफ्ना कार्यकर्तामा निराशा छाएको भन्दै सद्भावना अध्यक्ष राजेन्द्र महतोले हडताल फिर्ता नगर्न अन्तिम घडीसम्म आग्रह गरिरहे । तर, दाहालले गरेको प्रस्तावबीच होहल्लामा टुंगिएको उक्त बैठकमा महतो, संघीय समाजवादी अध्यक्ष अशोक राईलगायतको आपत्तिको कुनै सुनुवाइ भएन । योसँगै विपक्षी गठबन्धन क्रमश: विभाजनतर्फ उन्मुख भएको छ । अर्कातिर मधेसी मोर्चाभित्र समेत धु्रवीकरण सुरु भएको छ ।

'अब मधेसी दलहरू छुट्टै बसेर गम्भीर समीक्षा गर्नुपर्ने भएको छ,' सद्भावना अध्यक्ष महतोले भने, 'विगतमा पनि यस्तै धोकाधडी भएको छ । कि त भिड्ने गरी नै भिड्नुपर्‍यो । भिडेजस्तो गर्नुभएन ।' आन्दोलनको साझा उद्देश्य तय भएर विपक्षी मोर्चा बने पनि मोर्चाबाट केही दलहरूले भाग्ने छाँट देखाएको महतोले संकेत गरे ।

तमलोपा अध्यक्ष महन्थ ठाकुर पनि आन्दोलन स्थगन भएकामा सन्तुष्ट छैनन् । जारी आन्दोलनलाई 'रिसेड्युल' गर्नुपर्ने उनको भनाइ थियो । 'कि त पहिल्यै आमहडताल घोषणा गर्नुभन्दा अगाडि सोच्नुपथ्र्यो,' ठाकुरको भनाइ उद्धृत गर्दै उपाध्यक्ष त्रिपाठीले भने, 'थालिसकेपछि बीचैमा फिर्ता गर्दा कार्यकर्तामा निराशा छाएको छ ।'

फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवले भने मंगलबार एक मतले आन्दोलन रोक्ने निर्णय भएको जिकिर गरे । 'केही साथीले फरक मत राखेका छन् भने सम्बन्धित पार्टीका प्रतिनिधिले निर्णयका बेला किन बोलेनन् भनेर तिनका नेताहरूलाई नै सोध्नुपर्छ,' उनले भने । 

कांग्रेस-एमाले ३० गतेपछि कसरी अघि बढ्छन्, त्यसअनुसार आफूहरूले रणनीति तय गर्ने देवले बताए । 'प्रक्रियामा अघि बढे प्रतिरोध हुन्छ, सहमतिमै अघि बढ्न चाहे आन्दोलन गरिरहनु परेन,' उनले भने । नेता भट्टराईको बुझाइमा कांग्रेस भदौ (पार्टीको महाधिवेशन) सम्मै यथास्थितिमै रहन चाहेको छ । त्यसबेलासम्म कांगेसले न सहमति न प्रक्रिया अगाडि बढाउने छ । तर, एमालेको 'कार्ड' के हो बुझ्न बाँकी रहेको उनले बताए । एमालेको कुरा प्रस्ट भएपछि राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ, निक्र्योल हुने उनले जनाए ।

संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेनले फेसबुकमा लेखेका छन्, 'गठबन्धनका संयोजकज्यूको पहलमा तीनदिने बन्द अप्रत्याशित रूपमा फिर्ता गरियो । यो निर्णयमा आश्चर्य व्यक्त गर्दै भए पनि कसैले बन्द निरन्तरता दिँदा, कसैले फिर्ता लिँदा जनतामा असामञ्जस्य पैदा नहोस् भन्दै लिम्बुवान क्षेत्रमा आमहडताल स्थगित भएको जानकारी गराउँछौं ।' दाहालको बन्द फिर्ता प्रस्तावप्रति आपत्ति जनाउनेमध्येका सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष पासाङ शेर्पाले ३० गतेसम्म पर्खन उक्त प्रस्तावलाई समर्थन गर्नुपरेको बताए । 'प्रचण्डजीले नागरिक समाज र उद्योगी व्यवसायीको आग्रह छ भन्दै ३० गतेसम्म पर्खिदिन कन्भिन्स गर्नुभयो,' उनले व्यंग्यात्मक पारामा भने, 'हामी कन्भिन्स भएर फर्कियौं ।' 

मोर्चाको बैठकमा फोरम नेपालका तर्फबाट प्रतिनिधित्व गरेका सचिव कायस्थले आन्दोलनले गति लिएका बेला भएको अप्रत्याशित स्थगनविरुद्ध हरेक जिल्लाबाट तीव्र प्रतिक्रिया आएको बताए । मंगलबार रातिको बैठकपछि अब ३० दलीय मोर्चा रहने कि नरहने छलफल सुरु भइसकेको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले खुलाए । दुई दिनभित्र मधेसी मोर्चाको छुट्टै बैठक बसेर यसबारे नयाँ निर्णय गर्ने उनको भनाइ थियो । 'यो पाराले न आन्दोलन हुन्छ, न सहमति हुन्छ । 

यो त खिचडी पकाएजस्तो भयो,' यादवले आक्रोश पोखे, 'मलाई हिजोको बैठकमा त्यस्तो प्रस्ताव आउँछ भन्ने आभास भइसकेको थियो, त्यसैले बैठकमै गइनँ ।' 


No comments:

Related Posts Plugin for WordPress, Blogger...

PalahBiswas On Unique Identity No1.mpg

Tweeter

Blog Archive

Welcome Friends

Election 2008

MoneyControl Watch List

Google Finance Market Summary

Einstein Quote of the Day

Phone Arena

Computor

News Reel

Cricket

CNN

Google News

Al Jazeera

BBC

France 24

Market News

NASA

National Geographic

Wild Life

NBC

Sky TV