Total Pageviews

THE HIMALAYAN DISASTER: TRANSNATIONAL DISASTER MANAGEMENT MECHANISM A MUST

We talked with Palash Biswas, an editor for Indian Express in Kolkata today also. He urged that there must a transnational disaster management mechanism to avert such scale disaster in the Himalayas. http://youtu.be/7IzWUpRECJM

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

Twitter

Follow palashbiswaskl on Twitter

Saturday, September 19, 2015

नयाँ संविधानले जनतालाई के दिन्छ ?


नयाँ संविधानले जनतालाई के दिन्छ ? |  Published: September 19, 2015  |  शनिबार 2 असोज, 2072  |  8:20 AM  |  Viewed: 2385 times

    

कल्याणदेव भट्टराई-अन्तत खरबौ खर्चेर तोकेको भन्दा चारदोहर बढी समय लगाएर नेपालको नयाँ संविधान बन्यो ।सत्ताको लागि जे पनि गर्न तयार हुने भ्रष्ट नेताहरु र तीनका जूत्ता पोलिस गर्ने मोटामोटि ५८५ मिलेर जनतालाई एक थान संविधान दिए । तर भोलीका दिनमा यो संविधान एक कागजको खोष्टो सिवाय केही हुने छैन ।

जसरी भए पनि जस्तोसुकै संविधान दिए हुन्थ्यो भन्ने स्थितिमा संविधानसभालाईपुर्याए त्यही जस्तोसुकै संविधान अहिले जारी गरिएको छ । यसले नागरिक र मुलुकलाई के दिन्छ ? भन्ने प्रश्न अबका दिनमा उठ्ने छ ।जनता संविधान आयो भनेर खुसी हुने कुनै ठाँउ छैन । बरु अब संविधानसभा भन्ने कमईखाने भाँडो रहनेछैन भन्नेमा खुसी हुने छन । विवादका बीचमा एक थान कागजको खोष्टो प्राप्त गर्न कुनै पनि दृष्टिकोणले जनताको लागि उपलब्धि हुनै सकिदैन ।
पाँच लाख मूल्य पर्ने सामानलाई पन्ध्र खरबमा खरीद गरेर बाँकी आफनै खरीदकर्ताले आफै झ्वाम पार्नु गरीब र अविकसित देशको लागि लज्जाको विषय हो । निर्विवाद भ्रष्टाचार गरेर बनाईएको संविधानले मुलुकलाई कस्तो बनाउला । यसको जवाफ कसले देला ।

हो,एउटा कुरामा खुसी व्यक्त गर्न सकिन्छ कि अब उपरान्त यी भ्रष्टाचारी जमातले संविधानलाई नै कारण देखाएर देशलाई लुट्ने, गर्नै नहुने काम गर्ने विकासका कार्य बन्द हुने छ । आफ्नो पार्टीको अधिवेशन समयमा गर्न नसकेर अन्तरिम संविधान संशोधन गर्न खोज्ने नसके नयाँ संविधानमै आफ्नो पार्टी अनुकुलको संविधान बनाउने कहाँ सम्मको हर्कत हो ?

राजनीतिमा सबै चरित्र घिनलाग्दा भईसके । वितेका ८ वर्षमा अनेक काम भए । दुई- दुई ठाउमा हारेका लार्यि प्रधानमन्त्री बनाउने, प्रधानन्यायधीशलार्इ प्रधानमन्त्री बनाउने, प्रधानमन्त्री बनाउन एक्काइस पल्ट चुनाब गराउने लगायत विभिन्न गैरप्रजातान्त्रिक घिनलाग्दा तमासा प्रदर्शन गरे दलहरुले ।

यी नौटंकीहरु अब पनि यस्तै प्रदर्शन गर्दैनन् भन्ने हामीसंग कुनै ठोस आधार छैन ।जनताको राय बुझने भन्दै अरबौ खर्चेर देशभरी प्रदर्शित गरेको दुई दिने नौटंकीले पनि स्पष्ट पारको छ कि वर्तमान राजनितिक नेता भनौदाहरुको न त जनताप्रति कुनै आस्था छ , न त तिनमा उत्तरदायित्वबोध छ, न त प्रजातान्त्रिक संस्कार छ, न त जनताको लागि नै यीनले राजनितिक पेशा रोजेका हुन । जनताले जबरजस्त रुपमा माग गरेको प्रधानमन्त्रीको सिधा चुनाव बाट छनोट गर्ने लगायत चौरासी प्रतिशत जनता हिन्दु भएकोले देशलाई हिन्दु राज्य भन्नु पर्ने सामान्य प्रजातान्त्रिक मागलाई पनि नेताहरुबाट अश्वीकार गर्नुले यीनीहरु देश लुट्न राजनितिमा लागेका जमात हुन र यीनीहरु संग कुनै पनि प्रजातान्त्रिक संस्कार छैन बिना संकोच भन्न सकिन्छ ।

अहिले टि।भि। मा, अखबारमा जताततै यी भ्रष्ट, देश लुटेर धनी भएको जमातहरुको मूस्कान र एक अर्का प्रति बधाईको ओइरो लागेको देखिन्छ । यी भ्रष्ट नेताहरुको यो खुसीहाँसो जनताले केहि प्राप्त गरे भनेर हुदै होइन किनभने आम नेपाली जनताले त केही प्राप्त नै गरका छैनन् । आम जनतालार्इ त मुर्ख बनाइएको छ ।जातियताको नाममा, विभिन्न भाषा, क्षेत्र, धर्मको नाममा एक अर्काको विरुद्ध अनावश्क रुपमा भड्काइएको छ । जे प्राप्त गरेका छन् ,तीनै सत्तालिप्सा भ्रष्ट नेता र तीनका तावेदारहरुले प्राप्त गरेका छन र त्यो आप्mनो प्राप्तिमा यी लुटेरा जमातहरु उन्मूक्त भएर हाँसेका छन र खुसी भएका छन् ।
हिजो सम्म आतंककारी भनेर टाउकोको मूल्य तोकिएकाहरु आज देशलाई ६७ वर्ष देखि जनताले मागेको संविधान दिनेमा रुपान्तर भएपछि खुसी नहुने कुरै भएन । विगत २७ वर्ष देखि देशलाई लुट्दै औषधि उपचार देखि विभिन्न बहानामा देशको धनलाई आफ्नो बपौति ठान्दै प्रयोग गरेर आइरहेका डाँकाहरुको जमातले संविधानमा जनताको भ्रष्टाचारीलाई फाँसीको सजायको मागलाई अश्वीकार गर्दै –अख्तियार दुरुपयोगको अधिकारमा भारी मात्रामा कटौती गरेर देशलाई लुट्न चारैतिरबाट खुल्ला राख्न सफल भएपछि भ्रष्टहरुको अनुहारमा त्यस प्रकारको उन्मूक्त हाँसो प्रस्फुटन हुनुमा के अच्चम्म भयो !

संविधानमा जनताले खुसी मान्न पर्ने के आधार छ । अब केहि राम्रो हुन्छ भन्ने ठाउँ कहाँ छ । वर्तमान व्यथिति र लुटलाई अन्त गर्ने आधार के छ । यस अवस्थामा जनताले किन खुसी हुनुपर्ने ।संविधान स्वयंममा साध्य होइन यो त देशलाई विकास गर्न र आम जनतालाई आ – आप्mनो जिविका संचालन गर्न पर्याप्त र सजिला सुगम बाटोहरु खोलिदिने तथा स्वास्थ्य शिक्षा, रोजगारी, बसाई जस्ता अत्यावश्क कुराको परिपुर्ति गर्नको लागि बनाइने एक साधन मात्र हो । संविधान स्वयंमले न त कुनै कार्य गर्छ, न त कुनै परिवर्तननै लिएर आउन सक्छ ।यस्ले त सहि रुपमा देश र जनताको उन्नति को लागि कार्य गर्न सक्ने एक बाटो मात्र खोलिदिन्छ ।

इमान्दारिताका साथ भन्ने हो भने हाम्रो देशमा आज सम्म लागू गरीएका कुनै पनि संविधानले यो देशलाई विकास गर्न र आम जनतालाई समृद्धि बनाउने बाटो कहिले पनि बन्द गरेको थिएन – तथापी हामी अज्जै सम्म पनि यहि गरीबी, अशिक्षा,पछौटेपन, थिचोमिचो, बेइमानी लगायत भ्रष्टाचार जस्तो क्यान्सररुपी भाइरस बाट ग्रस्त भएका छौं । यी सबै हाम्रो राम्रा काम गर्ने चाहनालाई संविधानले रोकेकोले होइन बरु जे जस्तो संविधान भएपनि बेक्कारको राजनितिक कारण देखाएर यो देशलाई साशन गर्ने डाँकाहरुले साशनको नाममा देश लुटेको र जनतालाई मूर्ख बनाएको हो भनेर भन्न कुनै संकोच गर्नै पर्दैन । यस यथार्थतालाई मध्य नजर गरेर भन्ने हने भने ती नेता भ्रष्ट संस्कार बोकेका, देश भनेको लुट्नकै लागि हो भनेर मान्यता राखी राजनितिमा आएका र सत्ता को लागि आप्mनो चेलीबेटी सम्म बेच्न तयार हुने भ्रष्ट सत्तालिप्सा भएका जमात नै पुन शासक बन्ने नयाँ संविधानले कसरी देशमा सकरात्मक परीवर्तन लिएर आउछ, देशको मनोबल बढाउछ र देशको उन्नति गर्छ ' पूरानो रक्सि नयाँ बोतलमा राखेर जनतालाई विभिन्न सक्ने नसक्ने आश्वाशन बाडेर, अनेक थरीका दुई घन्टा पनि नटिक्ने वकम्फूसे कूरा गर्दै आफु नेता भएको भ्रममा बाचेका यी भ्रमका नाईकेहरुले नयाँ संविधान आउदैमा देशको विकास कसरी गर्छन ।

बिगत ६५ वर्ष देखि एउटा संसद भवन बनाउन नसक्ने र राष्ट्रपति लाई पुलिस कार्यलयमा राख्ने देशले सात वटा गभर्नर भवन, संसद भवद बनाउदै देशको निर्माण गर्ने र जनताको जीवनस्तर उठाउने जस्ता बकम्पूmसे गफ गरेर जनतालाई अनेकौ हुनैनसक्ने आश्वाशन बाड्दै खाली आप्mना भ्रष्ट कार्यकर्तालाई देश लुट्ने पद सिर्जना गर्न बनाइएको संघीयता स्वयंमा नै एक मूर्ख हास्यासपद र टिक्नै नसक्ने कार्य हो भनि सबै नेपालीले बुझेको यथार्थता हो । वर्तमान कटु यथार्थता के हो भने भ्रष्ट कमिसनखोर सत्ता लोभि जमातलाई खुसी हुने र उन्मुक्त भएर हास्ने प्रशस्त ठाउँ यस संविधानले दिए पनि जनता खुसी हुनुपर्ने र कुनै सकारात्मक परीवर्तनको आशा राख्नुपर्ने कुनै आधार नै नयाँ संविधानले नदिएकोले जनता किन खुसी हुने १ हो जनताले चाहे अनुसार र देशमा ठोस सकरात्मक परीवर्तन लिएर आउन आवश्यक पर्ने केहि आधारहरु नयाँ संविधानमा समावेश गरेको भए जनताले पनि खुसी मनाउथे होलान् । देशलाई संचालन गर्न प्रधानमन्त्रीको सिधा चुनावबाट छनोट गर्ने प्रावधान नराख्नुको कारण नै वर्तमान भ्रष्ट नेताहरुसंग जनतामा जाने हिम्मत, देश बनाउने कुनै ठोस योजना र गरीबी अन्त गर्ने कार्यक्रम आदि नभएकोले नै होइन र ।
बिदेशी दूतावासबाट प्राप्त मोटो खामबाट कुनै पनि ठाउमा धाँधली गरेर पन्ध्र बिस प्रतिशत मत मात्र प्राप्त गरेपनि वर्तमान नियमले विजय हुन पाइने र एक पटक सभासद भएपछि पैसा र विभिन्न प्रलोभनको आधारमा बाँकी आवश्यक सभासदको संख्या सजिलै प्राप्त गर्न सक्ने भएकोले नै देश लुट्न आएका डाँकाहरुले प्रधानमन्त्रीको सिधा चुनावको प्रावधान नराखेको हो भन्ने सबैले नबुझेको कहाँ हो र !

त्यस्तै देश लूट्ने एक मात्र उद्देश्य राखि जीवन चलाउन सक्ने अन्य कुनै क्षमता, योग्यता र सिप नभएका जमातहरुको राजनितिमा भिड भएकालेनै अख्तियार दुरुपयोग आयोगको अधिकार कटौती नगर्ने भ्रष्टाचारीलाई मृत्यू दण्ड दिने र महत्वपूर्ण पदको लागि कुनै सैक्षिक योग्यता राख्ने जस्ता प्रावधान राजनितिमा डकैतहरुको बाहूलियता भएकोले नै समावेश गर्न नसकेको हो भनेर सबै नेपालीले बुझेका छन् ।

अपीतु संविधानमा देश लुट्न आएका भ्रष्टाचारी सत्तालिप्सा डाँकाहरुलाई खुसी बनाउन अनेकौ कारण भएपनि आम नेपाली जनताले खुसी मनाउनुपर्ने कुनै पनि कारण नभएको र " बेल पाक्यो कागलाई हर्ष न विस्मात" भनेझै आम नेपाली जनताको लागि संविधान नामाकरण गरीएको एक कागजको खोष्टा बाहेक अरु केहि नभएको र यसले वर्तमान जनताको स्थितिमा कुनै सकरात्मक परिवर्तन लिएर नआउने यथार्थतालाई बुझेको हुनुपर्छ ।



On Sat, Sep 19, 2015 at 6:28 AM, The Himalayan Voice<himalayanvoice@gmail.com> wrote:
More than 5 years ago on March 9, 2010,  The Himalayan Voice had posted a short article, (NEPAL UNDER THREE BAHUNS,linked here  http://tinyurl.com/o95shcr  also) discussing a club formed by Girija P. Koirala, Prachanda and Jhal Nath Khanal. ( Let's imagine that the 'club' is the 'constitution' and also see the picture attached.)

Now that Sushil Koirala has taken G P Koirala's slot, K. P. Oli standing on Jhal Nath Khanal's spot and Prachand still hanging in there; these three Bahuns have brought out a constitution ( to be promulgated tomorrow to be very precise), a stuff boastful mouths acclaim as, written with  'six decades' political sacrifice and labor'. Be that as it may ! (Please refer to Kantipur Daily > तीन दलले संयुक्त पत्रकार सम्मेलन गर्दै)

The question here would be the life of  the new constitution, which fringe political party leaders tell  is being burnt down immediately after its promulgation tomorrow evening ! How long would that stuff last  ? 

Raj Kumar Lekhi sounded right making a statement that Tharus won't flee to any camps in Bihar. This is his wise assertion against what some Madheshi elite ( that should include few Yadavas or Thakurs or Shahs etc.) are  making noises that they would rather disown Nepalese citizenship and flee to those camps ! The Tharus form the 4th largest bulk (
1,737,470 CBS: 2011) of the country's population. 

Below forwarded is a sharp note from, Dharmapal Barsingh Thapa, one of the former Nepal Army Chiefs, received through  Ram B Chherti <rambchhetri@hotmail.comfor your reading.

It is truly high time now that Nepalese civil society come forward and make a difference.

Thank you all,

The Himalayan Voice
Cambridge, Massachusetts
United States of America
Skype: thehimalayanvoice
[THE HIMALAYAN VOICE does not endorse the opinions of the author or any opinions expressed on its pages. Articles and comments can be emailed to: himalayanvoice@gmail.com, © Copyright The Himalayan Voice 2015]

--
Pl see my blogs;


Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!

No comments:

Related Posts Plugin for WordPress, Blogger...

PalahBiswas On Unique Identity No1.mpg

Tweeter

Blog Archive

Welcome Friends

Election 2008

MoneyControl Watch List

Google Finance Market Summary

Einstein Quote of the Day

Phone Arena

Computor

News Reel

Cricket

CNN

Google News

Al Jazeera

BBC

France 24

Market News

NASA

National Geographic

Wild Life

NBC

Sky TV