Total Pageviews

THE HIMALAYAN DISASTER: TRANSNATIONAL DISASTER MANAGEMENT MECHANISM A MUST

We talked with Palash Biswas, an editor for Indian Express in Kolkata today also. He urged that there must a transnational disaster management mechanism to avert such scale disaster in the Himalayas. http://youtu.be/7IzWUpRECJM

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

Twitter

Follow palashbiswaskl on Twitter

Sunday, September 20, 2015

नयां संविधानमा धेरै हर्ष थोरै विरोध : कस – कसले विरोध गर्देछन् नयाँ संविधानको ?

नयां संविधानमा धेरै हर्ष थोरै विरोध : कस – कसले विरोध गर्देछन् नयाँ संविधानको ?

image
काठमाण्डौ : नेपालको संविधान आईतबारबाट लागु भएको छ । संविधान जारी भएपछि थोरैले विरोध गरेका छन भने धेरैले स्वागत । स्वागत गर्नेहरुको संख्या ९१ प्रतिशत छ भने विरोधमा ९ प्रतिशत मात्र ।

क-कस्ले गरिरहेका छन त बिरोध ?

मधेशी मोर्चा :- संविधानसभाभित्रै रहेका दलका नेता उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोको मोर्चा आज जारी भएको संविाधनलाई अस्वीकार गर्देछन् । प्रमुख चार दलवीच १६ बुँदै सहमति भएकै दिनदेखि विरोधमा उत्रेको यो मोर्चा संविधान निर्माणको बहसमा केन्द्रित नभई आन्दोलनमा लागेको थियो । मोर्चासँग भएका वार्ताहरु पनि असफल भएका थिए । मोर्चामा आवछ नेताहरुले संविधानमा हस्ताक्षर पनि गरेका छैनन् । पछिल्लो पटक बिजय गच्छदारको पार्टी पनि संविधान निर्माण प्रक्रियाबाट बाहिरएिको छ, उसले पनि यो संविधान स्वीकार नगर्ने देखिएको छ ।

वैद्य–विप्लव :- संविधानसभाको दोस्रो चुनाव वहिस्कार गरेका मोहन वैद्य र नेत्रविक्रम चन्दले शुरु देखि नै संविधानसभाको विघटन गर्दे सर्वपक्षीय राजनीतिकसभाको माग गर्दे आएका छन् । उनीहरुले अहिलेको संविधानलाई प्रतिगामी भन्दै यसलाई अस्वीकार गरेका छन् । उनीहरु यसका विरुद्ध निरन्तर संघर्षमा जाने बताएका छन् ।

पूर्व राजा पुर्ब राजा ज्ञानेन्द्र नयाँ संविधानलाई राजसंस्थालाई 'स्पेस' नदिइएको भन्दै पूर्व राजा ज्ञानेन्द्र शाह पनि असन्तुष्ट छन् । उनले पनि औपचारिक रुपमा नयाँ संविधानलाई स्वीकार नगर्ने उनी निकट स्रोतहरु बताउँछन् । उनी पछिल्लो पटक नयाँ संविधानमा राजसंस्थाको भूमिका स्थापित गराउन र नेपाललाई हिन्दु राष्ट्र बनाउन मिसनमा थिए, तर उनको मिसन पुरा हुन सकेन । यसका लागि उनले विभिन्न अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुसँग समेत भेट गरेका थिए ।

हिन्दुवादी :- कट्टर हिन्दुवादी शक्तिहरु पनि अहिले संविधानसभालाई स्वीकार नगर्ने बताएका छन् । हिन्दु राष्ट्रको पक्षमा निरन्तर संघर्ष गर्ने उनीहरुको भनाई छ । स्वामी कमलनयनाचार्यले अर्को चुनावमा दुई तिहाई मत ल्याएर देशलाई हिन्दु राष्ट्र बनाउने बताएका छन् । कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दु राष्ट्रको मागलाई राजनीतिक मुद्धा बनाएर संविधानसभा र बाहिर आन्दोलन गरेको थियो ।

अमरेस–सिके :- काग्रेसकै आधिकारिक निर्णयमा असन्तुष्टि राख्दै आएका काग्रेस सभासद् अमरेश सिंहदेखि देश टुक्राउने धम्की दिने सिके राउतसम्मका नेताहरुलाई पनि नयाँ संविधानको विपक्षमा देखिने छन् । अन्तिम समयमा आएर संविधान निर्माण प्रक्रियामा सहभागी भएपनि सिंहले भित्रै देखि यो संविधानलाई स्वीकार गरेका छैनन् । सिंहले चार दलवीच भएको १६ बुँदे, संविधानको मस्यौदा र ६ प्रदेशको सिमाङ्कनमा आफ्नो फरक मत राखेका थिए । उता राउतले मधेशका जनतलाई अधिकार नदिए भिन्दै राष्ट्र बन्ने सम्मको चेतावनी दिएका छन् ।

भारत :- आफ्ना चासोलाई सम्बोधन नगरेकोमा छिमेकी भारतको पनि असन्तुष्टि छ । भारतीय प्रधानमन्त्रीका विषेश दूत काठमाडौं आएर फर्किसकेका छन् । नेपालको संविधान निर्माणमा भारतीय दुई चासो देखा परेका थिए्, एउटा हिन्दु राष्ट्र र अर्को मधशवादी दलको माग पुरा गर्ने । १६ बुँदे सहमति हुँदा आफ्नो चासोलाईसम्बोधन नगरेकोमा भारतले असन्तुष्टि जनाउँदै आएको थियो । त्यसबाहेक मधेशी दल–जनताको समर्थननलिइ संविधान बनाउदा त्यसले भविष्यमा अफ्ठारो पार्न सक्ने चेतावनी भारतीय प्रधानमन्त्रीका विशेष दूतले दिइसकेका छन् ।

राष्ट्रपति :- काग्रेसको सक्रिय राजनीतिमा रहँदै सेरमोनियर राष्ट्रपतिको पद ग्रहण गर्ने अवसर पाएका राष्ट्रपति रामबरण यादव पनि नयाँ संविधानसँग खुसी छैनन् । उनले पटक पटक दलहरुलाई मधेशहरुको माग सम्बोधन गर्न दवाव दिएका थिए । संविधान जारी गर्ने समारोहमा सहभागी भएपनि उनी नयाँ संविधानसँग तिव्र असन्तुष्टि छ । अहिले १६ बुँदे, कहिले मस्यौदा त कहिले प्रदेशको सीमाङ्कनको विषयमा उनले आफ्नो चासो व्यक्त गर्दे आएका थिए । यसका लागि अन्तराष्ट्रिय शक्तिकेन्द्रका प्रतिनीधिसँगको भेटघाट र आफ्नै निवासमा बोलाएर शीर्ष नेतासँगको परामर्श उनले कायम राखेका थिए ।

थरुहट– पिछडावर्ग :- नयाँ संविधानलाई थरुहट आन्दोलनका पक्षपातीहरुले पनि अस्वीकार गर्ने भएका छन् । उनीहरुले संविधानले आफ्नो माग पुरा नगरेको भन्दै नयाँ संविधानपछि थप आन्दोलन गर्ने चेतावनी दिइसकेका छन् । त्यसबाहेक अन्य स साना संगठनहरुले पनि नयाँ संविधानको विपक्षमा उभिएका छन् ।

संविधानले पिछडावर्गको हित र अधिकारको सुनिश्चितता नगरेको भन्दै संविधान विरुद्ध निरन्तर संघर्षमा उत्रिन पिछडावर्ग महासंघले सम्पूर्ण जात जातिहरुमा आह्वान गरेको छ । राष्ट्रिय कार्यसमितिका अध्यक्ष अध्यक्ष कौशल कुमार सिंह (कुशवाहा) ले विज्ञप्ती जारी गर्दे यस्तो आव्हान गरेका हुन् । जनजाती, मुस्लिम, महिलाहरुका पनि यो संविधानले आफ्ना कुरा नसमेटेको गुनासो छ ।

More on समाचार


-- http://nepalisamachar.com/?p=11824
Pl see my blogs;


Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!

No comments:

Related Posts Plugin for WordPress, Blogger...

PalahBiswas On Unique Identity No1.mpg

Tweeter

Blog Archive

Welcome Friends

Election 2008

MoneyControl Watch List

Google Finance Market Summary

Einstein Quote of the Day

Phone Arena

Computor

News Reel

Cricket

CNN

Google News

Al Jazeera

BBC

France 24

Market News

NASA

National Geographic

Wild Life

NBC

Sky TV